2026-07-07 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जना लभान्वित

2019-07-28

साउन १२, काठमाडौँ  | काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले बल्खुमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब २०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको शिविरमा निःशुल्क औषधि वितरणसमेत गरिएको छ । शिविरको शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सामाजिक कार्यका लागि स्थापना भएका सङ्घसंस्थाले सेवाको भावनाले कार्य गरेमा सर्वसाधारण नागरिक लाभान्वित हुने बताउनुभयो । विभिन्न रोगबाट समस्यामा परेका बिरामीलाई लक्ष्य गरी सञ्चालन गरिएको शिविरले बल्खु तथा त्यस आसपास क्षेत्रका धेरै मानिसलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

अर्का प्रतिनिधिसभा सदस्य बीना श्रेष्ठले स्वास्थ्य सेवा महङ्गो भई सबैको पहुँचमा पुग्न नसकेको अहिलेको अवस्थामा यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउन विशेष गरी स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कामपा–१४ का वडासदस्य रश्मी खडका, नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष मोहन बस्नेतलगायतले समाजसेवाको भावनाबाट पनि राष्ट्र निर्माणमा योगदान गर्न सकिने हुँदा युवा वर्ग यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

क्लबका अध्यक्ष नकुल हमाल ठकुरीका अनुसार स्थानीय विकास, पूर्वाधार निर्माण, फोहर व्यवस्थापन, खेलकूद तथा प्राचीन महत्वका सांस्कृतिक क्षेत्रको संरक्षणलगायत कार्यमा क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने