2026-07-07 10:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा मृत्यु

2019-07-29

अच्युत रेग्मी | साउन १३, काठमाडौँ  | उपत्यकामा हुने सवारी दुर्घटनामा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परी धेरै यात्रुको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५-७६ मा उपत्यकामा सवारी दुर्घटनामा परी ज्यान गुमाएका २५४ व्यक्तिमध्ये मोटरसाइकल तथा स्कुटर दुर्घटनामा मात्र ११५ यात्रुले ज्यान गुमाएका छन् । 

मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाहेक सबैभन्दा धेरै ९३ पैदलयात्रुले उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । 

यसैगरी कार दुर्घटनामा १६, बस दुर्घटनामा १२, ट्रक दुर्घटनामा १२, साइकल दुर्घटनामा पाँच र माइक्रो दुर्घटनामा एक यात्रुले ज्यान गुमाएका छन् । आव २०७४-७५ मा उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाएका १९४ व्यक्तिमध्ये मोटरसाइकल तथा स्कुटर चालक १११ जना रहेका थिए । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त ठूलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारी दुर्घटना बढेको बताउनुहुन्छ । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उहाँ भन्नुहुन्छ । 

महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारी साधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायतका काम गर्दै आएको छ । 

आव २०७५-७६ मा उपत्यकामा आठ हजार ५११ सवारी साधन दुर्घटना भएको थियो । सो मध्ये ३१७ व्यक्ति गम्भीर घाइते तथा पाँच हजार ८९० व्यक्ति सामान्य घाइते भएको महाशाखाले जनाएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला साँघुरो बाटो र तीव्र गतिका कारण नै बढी दुर्घटना हुने गरेको बताउनुहुन्छ । “गन्तव्यस्थल पुग्ने हतारोमा छिटो सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेका छन्”, उहाँ भन्नुहुन्छ । 

आव २०७५-७६ मा देशभर १३ हजार ३६६ सवारी साधन दुर्घटना हुँदा दुई हजार ७८९ जनाको मृत्यु भएको हो । यो सङ्ख्या आव २०७४-७५ को भन्दा बढी हो । आव  २०७४-७५ मा सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाले ज्यान गुमाएका थिए । 

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रविकुमार पौडेल उपत्यकामा हुने सवारी दुर्घटनामध्ये ८८.४६ प्रतिशत दुर्घटना चालकको लापरवाहीबाट हुने गरेको बताउनुहुन्छ । “तीव्र गतिका कारण ६.१६, मादक पदार्थ सेवनबाट ३.३२ र ओभरटेकबाट ०.८७ प्रतिशत सवारी दुर्घटना हुने गरेको छ”,उहाँ भन्नुहुन्छ । कोटेश्वर–कलङ्की सडक खण्डमा पछिल्लो समय बढी दुर्घटना हुने गरेको उहाँको भनाइ छ । 

ट्राफिक प्रहरीले उपत्यकाको बढी दुर्घटना हुने स्थानको पहिचान गरी टाइम कार्डसमेत लागू गरेको छ । “सडक सुरक्षा र दुर्घटनालाई कम गर्न विद्यालयको पाठ्यक्रममा सडक सुरक्षासम्बन्धी जानकारीमूलक सामग्री राखेर अध्ययन गर्नुपर्छ”, प्रवक्ता पौडेल भन्नुहुन्छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षित समाज निर्माणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अगाडि सार्नुभएको छ । उक्त साझेदारीको मुख्य उद्देश्य नै देशभर बढ्दै गएको सवारी दुर्घटनालाई कम गर्नु हो । 

महानिरीक्षक खनाल सडक सुरक्षित भए मात्र सवारी दुर्घटना कम हुने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुहुन्छ । “सडक दुर्घटनालाई कम गर्न गृह मन्त्रालयले सात प्रदेशको १४ स्थानमा चालक तथा यात्रुका लागि आरामस्थल निर्माण गरिरहेको छ”, उहाँ भन्नुहुन्छ । 

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाख हाराहारीमा सानाठूला सवारी साधन सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने