२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई मेडिकल उपकरण प्रदान

२०७६, १३ श्रावण सोमबार ०७:४०

साउन १३, नेपालगञ्ज |  प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई रु एक करोड मूल्य बराबरका मेडिकल उपकरण प्रदान गरेको छ ।

अस्पतालका लागि आवश्यक डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबलजस्ता अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख प्रहरी उपरीक्षक डा आशीष दत्तले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले आईतबार अस्पतालको उद्घाटन गर्दै उक्त सामग्री प्रदान गर्नुभएको हो । नागरिकको सुरक्षामा खटिने प्रहरी तथा कर्मचारीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न २०५५ सालमा स्थापना गरिएको उक्त अस्पताल २०५८ सालदेखि आफ्नै भवनमा सञ्चालन हुँदै आएको थियो । 

मन्त्रालयले अस्पतालका लागि आवश्यक पर्ने डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबललगायत अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख डा आशीष दत्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ओपिडी, इमर्जेन्सी, फार्मेसी, वार्ड, माइनर, ओटी, एक्सरे, फिजियो थेरापी सेवाका साथै प्रयोगशालासमेत सञ्चालन गर्दै आइरहेको १५ श्ययाको उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकहरुले सेवा प्रवाह गर्दै आइरहेको छ । अस्पतालबाट हालसम्म प्रहरी कर्मचारी तथा प्रहरीका परिवारहरुमध्ये १८ हजारभन्दा बढीले सेवा लिइसकेका अस्पतालका प्रमुख डा दत्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते