2026-07-07 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार आचारसंहिता संशोधनको तयारीमा

2019-07-29

साउन १३, काठमाडौँ  | प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’लाई संशोधन गर्ने भएको छ । आचारसंहितालाई समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले जनाएको छ ।

संशोधनका लागि काउन्सिलले सरोकारवाला सङ्घसंस्था तथा सञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गर्नाका साथै रायसुझाव सङ्कलनको लागि पत्राचारसमेत गरेको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिनुभयो । 

समयसापेक्ष संशोधन गर्नुपर्ने छुट विषय र सुझावहरू भए एक हप्तासम्ममा रायसुझाव दिन पत्रमार्फत् काउन्सिलले सम्बन्धीत सबै पक्षलाई आह्वान गरिएको छ । यो वर्ष काउन्सिलको स्वर्णजयन्ती वर्ष भएको अवसरमा संशोधित तथा परिमार्जित आचारसंहिता सार्वजनिक गर्नाका साथै प्रेस काउन्सिल एवं पत्रकारितासँग सम्बन्धित पुस्तक प्रकाशन गर्ने तयारी गरिएको छ । २०७३ साल असोज ६ गते देखि लागू भएको ‘पत्रकार आचारसंहिता, २०७३’मा पत्रकार र सञ्चारमाध्यमको कर्तव्यअन्तर्गत पत्रकारले गर्नुपर्नेमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन, मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान, पेशागत मर्यादा तथा व्यवहार, सम्पादकीय स्वतन्त्रताको सम्मान र गोप्य स्रोतको संरक्षणलगायत १५ बुँदामा उल्लेख गरिएको छ । 

त्यसैगरी पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण, पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण र बीभत्स दृश्य र तस्वीर प्रकाशन वा प्रसारण गर्न नहुनेलगायत १५ बुँदामा उल्लेख गरिएको छ । 

स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सृजना गर्ने, प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिन पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने, प्रेस र नेपाल सरकारबीच सौहाद्र्रपूर्ण सम्बन्ध कायम राख्ने र सार्वजनिक नैतिकता तथा नागरिकहरूको मर्यादा कायम राख्न लगाउने लगायत विभिन्न उद्देश्यले विसं २०२७ मा प्रेस काउन्सिल नेपालको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने