२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीजेल चलान

२०७६, १३ श्रावण सोमबार ०९:५९

साउन १३, काठमाडौँ  | नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको विसं २०७५ पुसको फैसलाअनुसार रु १० लाख ९४ हजार ५०० जरिवाना ठहर गरेका पाँचथरका ४३ वर्षीय पृथ्वीराज चेमजोङलाई आइतबार गोंगबुबाट पक्राउ गरेको हो । 

ब्यूरोका प्रमुख, प्रहरी नायब उपरीक्षक नीरजबहादुर शाहीले मञ्जु श्रेष्ठको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा फरार चेमजोङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “चेमजोङले आर्थिक व्यवहार मिलाउने भनी श्रेष्ठसँग रु १० लाख ९४ हजार ५०० ऋण सापटी लिएको र रकम भुक्तान गर्न नसकेपछि पैसा नभएको चेक दिएपछि उक्त खाली चेकका आधारमा चेमजोङलाई पक्राउ गरेका हौँ”,उहाँले भन्नुभयो । 

पक्राउ चेमजोङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेकामा अदालतको आदेशअनुसार आज कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह