२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यान्सरका बिरामीलाई कर्णाली प्रदेश सरकारको सहयोग

१४ श्रावण २०७६, मंगलवार ०६:५२

साउन १४, सुर्खेत  | कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले क्यान्सरपीडित १२ बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०७५-७६ मा प्रदेशका विभिन्न जिल्लाका अतिविपन्न बिरामीलाई रु तीन लाख ६५ हजार प्रदान गरेको हो ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले गत वर्षको वार्षिक कार्यक्रमअनुसार आर्थिक सहायता प्रदान गरिएको जानकारी दिनुभयो । आन्द्रा, पिसाबथैली, फोक्सो, बे्रन ट्युमर, स्तन, पाठेघर र ब्लडक्यान्सर भएका ती बिरामीलाई स्थानीय प्रशासनको सिफारिसका आधारमा सहायता रकम प्रदान गरिएको हो । 

प्रवक्ता अधिकारीका अनुसार सहायता पाउनेहरुमा हुम्ला ओदानचुलीका लोकबहादुर फडेरा, ताजाकोटका पुनिमल बुढा, खार्पुनाथका मोतीलाल जैसी, सुर्खेत बराहतालका तीर्थबहादुर गौतम, वीरेन्द्रनगरका बासुदेव जिसी, पञ्चपुरीका मनरुपी सुवेदी, चौकुनेका पुष्कलप्रसाद खनाल, मुगु सोरुका बाली जैसी, महाबु दैलेखका जयन्ती सिंह, दुल्लुका गायत्री उपाध्याय र कालीकोट रास्कोटका परिमल कामी हुनुहुन्छ । उहाँहरुलाई जनही रु २५ हजारदेखि ४० हजारसम्म प्रदान गरिएको थियो ।

मन्त्रालयको हवाई उद्धार सेवाअन्तर्गत गत आर्थिक वर्षमा १० गर्भवतीको उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य संस्थाको सिफारिशका आधारमा उच्च जोखिममा परेका गर्भवतीलाई सुरक्षित सुत्केरीका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । यो सेवा लिनेहरुमा हुम्लाबाट सात, मुगु, डोल्पा र सुर्खेतबाट एक-एक जना छन् । स्वास्थ्य निर्देशनालयले हवाई उद्धारका लागि रु २५ लाख ५९ हजार ७०२ को बिल भुक्तानी गरिसकेको जनाएको छ ।

सुरक्षित सुत्केरीलाई हेलिकप्टरमार्फत जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल र काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो