२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको केदारस्यु गाउँपालिकाका एक किशोर एकहप्ता देखि बेपता

२०७६, १५ श्रावण बुधबार ०७:२१

 धुर्व बिष्ट | साउन १५, बझाङ |  बझाङको केदारस्यु गाँउपालीका वडा  ६ भाटसैन थापा गाँउकाका एक बालक बिगत सात दिन देखी बेपता भएका छन । केदारस्युको स्थानीय बजार बाग्थलामा कपडा किन्न भनी गाउकै साथी बिकास गुर्धामीसंग गत मङगलबार घरबाट हिडेका झलक गुर्धामी अहिले सम्म घर फर्किएका छैनन् । 

पन्ध्र वर्षका झलक र ११ वर्ष का बिकास बाग्थला चैनपुर जयपृथ्वी राजमार्गको बाटोमा गाडी चढेर देउरा झोता हुदै चैनपुर सम्म गएको तर चैनपुरमा बिकासका आफन्तले बिकासलाई सडकमा एक्लै भेटेपछी बिकास आफन्त संगै घर फर्किएका छन भने, झलक हाल सम्म बेपता रहेको परिवार स्रोतले जनाएको छ । बिकासलाई सोधपुछ गर्दा उनले झलक जयपृथ्वी राजमार्गको बिचबाटो बाटै आफुसंग छुटेको र आफु एक्लै चैनपुर गएको बताएका छन ।

नयां ठाँउ नजानेको नचीनेका मान्छे भएपछि आफुपनि कता पुगे थाहा नभएको बिकासले बताएका छन् | आफुत संयोग बस आफन्तसंग भेट भएपनि झलक बिचबाटोमै छुटेका र आफुले बिरानो ठाँउ भएकाले ठाँउ पहिचान गर्न नसकेको बिकासले बताएका छन् |

माथिल्लो  शरीरमा हरीयो सट र शरीरको तल्लो भागमा कालो पाईनट लगाएका अलीकती लामो कपाल पालेका झलक हराएको करिब एक हप्ता भएपनि कुनै आशलाग्दो कुरा नआएको उनका बुवा मान बाहुर गुधार्मीले बताएका छन् |

आफ्नो  माहीलो सन्तानका रुपमा रहेको झलक एतिलामो समए सम्म पनि कुनै पत्तो नलाग्दा सन्तानको वियोगमा आमा  पार्वति देवि गुधार्मी आकुल व्याकुल भएकी छन । 

श्री चन्द्रोदय मावि विद्यालय भाटसैनमा कक्षा ६मा अध्यनरत झलको घराएसि नाम आने गुधार्मी रहेकाले र उनी आफनो आमा बुबाको माहीलो सन्तान हुन उनका दुई भाई दुई बहीनी रहेको स्थानीए उमेश धामीले बताउनु भएको छ ।

उनको कुनै पनि फोटो आफन्त संग नभएको हुदाँ खोजीकार्य गर्न कठिन भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने