२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नदी तर्नेक्रममा बेपत्ता भएका बिकको शव ९ दिन पछि फेला

२०७६, १७ श्रावण शुक्रबार ०६:१८

हेम विश्वकर्मा  | १७ साउन, बुर्तिबाङ बागलुङ | जिल्लाको ढोरपाटन नगरपालिका ९ स्थित नवीखोला (उत्तरगंगा) ले बगाउँदा बेपत्ता भएका सेते बि.क को शव आज फेला परेको छ । गत साउन ८ गते नवीगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानिय ५४ वर्र्षीय नर बहादुर विक र २२ वर्र्षीय सेते विकलाई नदीले बगाएको थियो । 

दुई मध्य नर बहादुरको शव बगाएको स्थानदेखी करिब ३ सय मिटर तल सोही दिन स्थानीयले मृत अवस्थामा फेला पारेका थिए भने सेते बेपत्ता थिए । घटनाभए लगत्तै प्रहरी चौकी ढोरपाटन, शक्रुमर्जन गुल्म ढोरपाटनको टोली र स्थानीयबासीले नदी वरपर खोज्ने क्रममा उनको शव भेटिएको हो । प्रहरी चौकी ढोरपाटनका प्रहरी सहायक निरिक्षक शिवराज सुवेदीका अनुसार आज विहान  करिब ८ः३० बजेको समयमा बगाएको ठाउँदेखी करिब ३ किलोमीटर तल रातिबाङ भन्ने स्थानमा उनको शव भेटिएको हो । 

नदी तरेर ५ मिनेटमा पुगिने ठाउँमा पुल नहुँदा घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानिय धन बहादुर विश्वकर्माले बताए । सम्बन्धित निकायको ध्यान नजादा हरेक बर्ष बर्षायामको समयमा उत्तरगंगा नदीले बगाउदा कयौँको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते