2026-09-13 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराका ९५ बस्ती पहिरोको उच्च जोखिममा, सतकर्ता अपनाउन आग्रह

साउन १७, बाजुरा  |  बाजुरा जिल्ला दैवीक प्रकोप उद्धार समितिका अनुसार जिल्लाका नौ स्थानीयमा पर्ने ९५ बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् |  जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरि गृह मन्त्रालयमा पठाउने निर्णय समेत भएको समितिले जनाएको छ। सबैभन्दा बढी त्रिवेणी नगरपालिका र बडिमालिका नगरपालिका जोखिममा रहेका छन्। 

वर्षाले ठाउँ ठाउँमा पहिरो गएको र घरमाथि बाट पहिरो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन्। पहिरोको उच्चजोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतकर्ता अपनाउन जिल्ला प्रशासन कार्यलय बाजुराले सार्वजनिक सुचना जारी गर्दै आग्रह गरेको छ। सिङगो  जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारीले बताएका छन्  |

यस्तै बाजुराको गौमुल गाउँपालिका वडा नम्वर ६ बसालामा बिहिवार राती गएको पहिरोमा परि घाईते भएकाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ। पहिरोमा पुरिएर गम्भिर घाईते भएका ९० बर्षीय जंग चदाराको जिल्ला अस्पता लबाजुरामा उपचार भइरहेको हो। पहिरोले घर बगाउँदा बिहिवार राती आमा छोरीको मृत्यु भएको थियो । ३० बर्षीय निरुता चदारा र उनकी ६ बर्षकी छोरी किश्मती चदाराको मृत्यु थियो। घर पछाडि बाट पहिरो आएर पुरै घर बगाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले