साउन १७, काठमाडौँ | ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेकोछ | कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेका थिए । लगत्तै घाइतेलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिस जावलाखेलले नियन्त्रणमा लिएको छ ।
विवादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ | दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए । एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए |