2026-11-04 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिम विश्वविद्यालयः ‘किचलोको भूमरीमा’

साउन १७, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए । 

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महीनाअघिदेखि तालाबन्दी गरिरहेको नेपाल विद्यार्थी सङ्घले कर्मचारी रजिष्ट्रारको निवासबाट कार्यालयको कामकाज भइरहेको थाहा पाउनासाथ गत सातादेखि निवासमै तालाबन्दी गर्न पुगे ।

सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टको कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि शुरु भएको किचलो अझै सकिएको छैन ।

 नेविसङ्घ कञ्चनपुरले बिना कारण उपकुलति र रजिष्ट्रारलाई छानबिनका लागि हटाएको भन्दै पुर्नबहालीको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा गोविन्द विष्टलाई रजिष्ट्रारको जिम्मेवारी दिइएको छ ।

उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टलाई जिम्मेवारीबाट हटाउनुअघि विश्वविद्यालयमा आर्थिक अनियमितता छानबिनका लागि विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष गणेशमान गुरुङको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन भएको थियो । छानबिनका लागि विभिन्न चरणमा समिति बने पनि समितिको प्रतिवेदन अझै सार्वजनिक गर्न सकेका छैनन् ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा पूर्णबहादुर चन्दले कार्यालयको तालाबन्दी खुलाउने विषयमा पहल भइरहेको भए पनि ठोस निकास नआएको बताउनुभयो । “तालाबन्दी खुलाउनेबारे मैले प्रमुख जिल्ला अधिकारीसमक्ष पनि पत्राचार गरेको छु”, उपकुलपति प्रा डा चन्दले रासससित भन्नुभयो, “सर्वदलीय बैठकबाट पनि तालाबन्दीको निकास खोज्ने दलीय प्रयास सार्थक भएको छैन ।” उहाँले गत साउन ९ गते रजिष्ट्रारको निवासमा समेत तालाबन्दी भए पनि कार्यालयको कामकाज ठप्प भएको जानकारी दिनुभयो ।

“विश्वविद्यालयको लफडा पार्टीका नेतासम्म पुगेर निकासका लागि धाउनुपर्ने अवस्था आउनु दुःखद् कुरो हो ।” उहाँले भन्नुभयो, “विश्वविद्यालय सबैको साझा संस्था हो, यसलाई फलाउनु÷फुलाउन सबैको दायित्व हुन जान्छ ।”

विश्वविद्यालयमा यसअघि पनि विद्यार्थी सङ्गठन, प्राध्यापक सङ्घ÷सङ्गठनबाट पनि तालाबन्दी हँुदै आएका छन् । जिम्मेवारीमुक्त गरिएका तत्कालीन उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टको पदावधि २० दिन मात्रै बाँकी छ । “तालाबन्दीले विश्वविद्यालयको धेरै काम प्रभावित हुँदै छन् ।” केन्द्रीय कार्यालयका एक कर्मचारीले भन्नुभयो, “विश्वविद्यालयको सभाको तयारी पनि तालाबन्दीले प्रभावित हुन्छ कि भन्नेमा पुगिसकेका छौँ ।” उहाँले विश्वविद्यालयका अध्यापन भने नियमित रहेको जानकारी दिनुभयो ।

विश्वविद्यालय सञ्चालनमा आएको आठ वर्षमा २४ पटकभन्दा बढी तालाबन्दी भइसकेको केन्द्रीय कार्यालयले जनाएको छ । नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य कैलाश चन्दले आगामी भदौ ७ गतेसम्म तालाबन्दी यथावत रहेन बताउनुभयो । “७ गते यसअघि जिम्मेवारीबाट हटाइएका र अहिले पहिलेको उपकुलपति र रजिष्ट्रारको पदावधि सकिन्छ ।” चन्दले भन्नुभयो, “त्यसपछि सरकारले विधि विधानतः उपकुलपति र रजिष्ट्रार नियुक्त गरे हामीलाई आपत्ति हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै