2026-09-14 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : पहिरोमा ज्यान गुमाएको परिवारलाई छ लाख सहयोग

साउन १९, गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास  सेवा समाज जापानद्वारा रु छ लाख १२ हजार सहयोग प्रदान गरिएको छ । 

गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो । गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको थियो । आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहतस्वरुप सहयोग रकम सङ्कलन गरी प्रदान गरिएको हो । 

गौतम परिवारको पहिरोका कारण गोठ पुरेको छ भने घर पहिरोको उच्च जोखिममा परेका कारण घर स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ ।  काँडेवासबाट रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली सहयोगीबाट सङ्कलित रकम मृतक गौतमको १२औँ दिनको पुण्यतिथिमा उहाँकै निवासमा पुगेर शनिबार गौतमको परिवारलाई हस्तान्तरण गरिएको काँडेवास सेवा समाज गलकोट समन्वय समिति काँडेवासका संयोजक मणिभद्र चालिसेले बताउनुभयो ।

“दुःखमा सहयोग गर्नका लागि काँडेवास सेवा समाज गठन गरेका हौँ”,चालिसेले भन्नुभयो, “हस्तान्तरण गरिएको रकमले नयाँ घर बनाउन सहयोग मिल्नेछ ।” आर्थिक अवस्था कमजोर भएको परिवार पहिरोकै कारण स्तानान्तरण हुनुपर्ने  अवस्था सिर्जन भएकाले सहयोग अभियान सञ्चालन गरिएको काँडेवास सेवा समाज जापानले जनाएको छ । 

काँडेवास सेवा समाज जापानद्वारा सङ्कलित गरिएको रकम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मृतक सीता गौतमका दाजु पिताम्बर गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले