2026-07-07 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

मृग तर्साउन चलाएको गोली लागेर डोटीमा एक युवकको मृत्यु

2019-08-04

साउन  १९, डोटी ।   मृग सम्झेर स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको ज्यान गएको छ  |  जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे    मृग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार  प्रारम्भिक अनुसन्धानबाट खेती मास्न आएको   मृग ठानी भुलले चलाएको गाेली लागेर लुहारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीले बन्दुकसहित युवकको ज्यान लिने भुललाई नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानका क्रममा उनले भुलबश  लुहारलाई गोली लागेको बताएका छन् ।

प्रहरीका अनुसार मृतक लुहार स्थानीय घट्टेडी मन्दिरका धामी हुन् । उनले यसै वर्ष विद्यालय शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । उनी राति किन जंगलमा गएका थिए भन्ने खुल्न सकेको छैन ।

जंगली जनावरलेहरूले बाली नष्ट गर्ने समस्या डोटीका किसानले पछिल्लो समय झेल्दै आएका छन् । जंगली जनावरको समस्या पेचिलो बनेपछि यसबाट मुक्ति पाउन किसानहरूले हतियारको समेत सहारा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने