कृष्ण बिष्ट | साउन १९, बैतडी | जिल्ल प्रहरी कार्यालय बैतडीले भारतमा बालश्रम गर्दै आएका दुई बालकको उद्धार गरेको छ । भारतको पिथौरागडमा बालश्रमको रुपमा काम गर्दै आएका बझाङ्गका दुइ जना बालकको भारतिय प्रहरीको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाएको हो ।
बझाङ्गको बुङ्गल नगरपालिका वडा नं ११ मल्लाबाटा बस्ने नैत्या सिंह बोहराका १६ वर्षीय कृष्ण बोहरा र सोहि ठाउँ बस्ने, रम्बा बोहराका १३ वर्षीय धिरज बोहराको उद्धार गरि आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।