2026-09-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा स्कुटर र मोबाइलहरु चोरी गर्ने दुई किशोर पक्राउ

साउन २०, कास्की | जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका बिभिन्न स्थानहरुबाट बिभिन्न समयमा चोरी भएका बिभिन्न ब्राण्डका मोबाईल र एक स्कुटर चोरी गर्नमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरीले विभिन्न स्थानबाट चोरिएको ८ थान मोबाइल तथा ग १२ प ८५५५ नं को सेतो/कालो स्कुटर चोरी गर्ने काममा संलग्न १७ बर्षीय २ किसोरहरुलाई पक्राउ गरेको हो । 

चोरीमा संलग्न १७ बर्षीय २ किशोरहरुलाई चोरी गरी लुकाई छिपाई राखेको अवस्थामा मोबाईल र स्कुटर सहित पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाइएको प्रहारीले जनाएको छ । 

नागका मन्दिर र घरघरमा नागको पूजा 

श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ । आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ ।

प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।

भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले पोखरा र आसपासका क्षेत्रमा नागपञ्चमीका दिन भूमिमा खनजोत नगरिने प्रचलन रहेको स्थानीयवासी गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले