२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा अवैध रकम २१ लाख सहित एक युवक पक्राउ

२०७६, २२ श्रावण बुधबार ०६:०३

साउन २२, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानीबाट सशस्त्र प्रहरीले अवैध रुपमा २१ लाख २२ हजार सहित एक युवकलाई पक्राउ गरेको छ । मङ्गलवार बिहान सिमावर्ती क्षेत्र मटिहानी नगरपालिका–९ स्थित हनुमान चोकबाट महोत्तरी गाउँपालिका–१ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट  सुराकीको अधारमा प्रहरीले ठाकुरलाई चेकजाँच गर्ने क्रममा सो रकम फेला पारेको छ । स्रोत नखुलेको २१ लाख २२ हजार नगद सहित ठाकुरले ज ११ प १७३२ नम्बरको मोटरसाईकलमा जलेश्वरतर्फ गइरहेको बेला हनुमान चोकमा प्रहरीले चेकजाँच गर्दा सो रकम बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

ठाकुरले बोकेको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नगदसहित सम्पत्ति शुद्धिकरण विभाग ललितपुर आजै पठाइएको छ । सशस्त्र प्रहरीले सोमवार पनि मटिहानीबाट १५ किलो अवैध चाँदीसहित एक युवकलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते