२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सडकको छेउमा बेवारिसे झोलामा भेटियो १ लाख नगद ५ लाख ४० हजारको चेक

२०७६, २२ श्रावण बुधबार ०६:३८

सम्राट सिंह | साउन २२, बझाङ | बैतडी जिल्लाको सिगास गाउँपालिका नजिक सडकको छेउमा बेवारिसे झोलामा १ लाख नगद ५ लाख ४० हजारको चेक र अन्य प्रमाणपत्रहरु भेटिएको छ । मंगलबार बझाङबाट धनगढी जाने क्रममा जयपृथ्वी नगरपालिका बझाङका मेयर बिरेन्द्र्र खडकाको टोलीले बेवारिसे झोलामा उक्त रकम भेटाएको हो । 

उक्त झोला भित्र बझाङ जिल्लाका साविकको देउलीकोट गाविस ५ का राइभान बोहराका २४ बर्षिय छोरा बसन्त बोहराको नागरिकता पनि भेटिएको मेयर खडकाले जानकारी दिए । सडकको छेउमै कालो झोला खसेको देख्दा बसको छतबाट खसेको हुनसक्ने भन्दै झोला समातेको तर खोलेर हेर्दा उक्त रकम र नागरिकताका प्रमाणपत्र  भेटिएको उनको भनाइ छ । 

बसन्त बोहराको नागरिकता पनि झोलाभित्र भेटिएको हुदा उहाँलाई चिन्नुहुने जोकोहिले पनि जयपृथ्वी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक बहादुर सिंहको मोवाइल नम्बर ९८४८४३६१३८ र मेयर खडका मोवाइल नम्बर ९७४११९५७२५मा सम्पर्क गर्नहुन अनुरोध गरेका छन ।  श    ए६  बझाङबाट धनगढी जादै गर्दा सडकको छेउमा एउटा कालो झोला भेटाएको छ ।

 झोला भित्र १ लाख नगद र ५ लाख ४० हजारको बसन्त बोहराको नाममा नै काटिएको चेक पनि फेला परेको छ । सो झोला भित्र भेटिएको हुदा उहालाई चिन्नु हुने महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गर्नहुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने