२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका बिरामीलाई पोर्चुगलबाट सहयोग

२३ श्रावण २०७६, बिहीबार ०१:५४

साउन २३, बागलुङ | बागलुङ समाज पोर्चुगलले बागलुङ जिल्लाका मिर्गौलापीडित र क्सान्सरपीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजको पहलमा पोर्चुगलमा सङ्कलन भएको दुई हजार ४०० युरो अर्थात् रु दुई लाख ९३ हजार २८० जिल्लाका तीन बिरामीलाई सहयोगस्वरुप प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले राससलाई जानकारी दिनुभयो ।

अर्थाभावका कारण उपचारमा समस्या भएको खबर प्राप्त भएपछि बिरामीको उपचार नरोकियोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरेर सहयोग प्रदान गरिएको खड्काले बताउनुभयो ।

खड्काका अनुसार जिल्लाको गल्कोट नगरपालिका नरेठाँटी निवासी मिर्गौलापीडित गमप्रसाद श्रीस, जिल्लाकै बडीगाड गाउँपालिका–१० निवासी क्यान्सरपीडित दलबहादुर बुढामगर र बागलुङ नगरपालिका तित्याङ निवासी क्यान्सरपीडित सपना खड्का खत्री गरी तीन बिरामीलाई रु ९७ हजार ७६० का दरले सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम गैरआवासीय नेपाली सङ्घका पूर्वआइसीसी सदस्य तथा बागलुङ समाज पोर्चुगलका सल्लाहकार सूर्य हमालको टोलीले जिल्लामै पुगेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल