२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जयपृथ्वीका मेयरले एक लाख नगद सहित भेटाएको चेक र झोला फिर्ता गरे

२०७६, २३ श्रावण बिहीबार ०६:११

साउन १३, बझाङ  | धनगढी आउने क्रममा बझाङको जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भेटाएको झोला सम्बन्धीत व्यक्तिलाई फिर्ता गरिएको  छ | जयपृथवी राजमार्ग अन्तरगत बैतडीको मुस्याखान जंगल क्षेत्रमा सडकमा भेटिएको  एक लाख नगद र बसन्त बोहोराको नाममा काटिएको ५ लाख ४० हजारको चेक धनगढीमा फिर्ता गरेका हुन् |

मेयर खड्काले आज बिहान नगद रकम र चेक सहितको झोला आज बिहान बोहोरालाई नै फिर्ता गरिदिएका हुन् । झोलामा भेटिएको नागरिताका आधारमा बसन्त बोहरालाई सम्पर्क गरिएको हो । बझाङ्गको साविकको देउलीकोट गाविस वडा नम्बर ५ का राइभान बोहराका छोरा बसन्त बोहराले धनगढीबाट बझाङ्ग जादै गर्दा झोला खसेको बताए । ट्रयाक्टरबाट झोला खसेको उनको भनाइ छ |

बिन्द्रा वन पुगेपछि झोला हराएको जानकारी आफुलाई भएको उनले बताए। बोहराले भने, ‘धनगढीबाट टेक्टरमा बझाङ जादै थियौ । मैले टेक्टर चलाएको थिए। झोला खसेको रहेछ। थाहाँ भएन। बिन्द्रा वन पुगेपछि झोला हराएको थाहाँ भयो।’ घरमा फोन आएपछि झोला भेटिएको जानकारी पाएको उनले बताए। नगद, शैक्षिक प्रमाण पत्र, नागरिता सहितको झोला फिर्ता पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने