Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

१०० नम्बरको फोनले प्रहरीलाई सास्ती

२०७६, २३ श्रावण बिहीबार १५:५०

विमलबहादुर विष्ट, साउन २३, डोटी । जिल्ला प्रहरी कार्यालयमा नागरिकलाई सूचना दिन सजिलो होस् भन्ने उद्देश्यका साथ निःशुल्क १०० नंको फोनमा अनावश्यक फोन आउँदा प्रहरीलाई निकै सास्ती भएको छ । उक्त नंमा गलत सूचना तथा अनावश्यक फोन आउन थालेपछि जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’मा तैनाथ प्रहरीले सास्ती व्यहोर्नु परेको छ । 

घटना दुर्घटना र समस्याको विषयमा जानकारी गराउने प्रहरीको टोल फ्री नम्बर १०० मा घटना दुर्घटनासम्बन्धी गलत सूचना दिने, गाली गर्ने तथा महिला प्रहरीलाई जिस्काउन थालेपछि हैरानी खेप्नु परिरहेको छ । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दैनिक २०० को हाराहारीमा फोन आउँछ । “गलत सूचना आएपछि पुष्टि नहुँदा हैरानी व्यहोर्नु परेको छ”, उहाँले भन्नुभयो, “सही सूचना दिनुको सट्टा झुट्टा खबर टिपाउँदा प्रहरीलाई  पुष्टि गर्नै समस्या हुने गरेको छ ।” 

‘ब्लफ कल’ आउन थालेपछि प्रहरीलाई फोन उठाउन असजिलो हुने गरेको महिला प्रहरी कुसुम कार्की बताउनुहुन्छ । “मध्यरातमा फोन आउँछ,  सिधै अश्लील कुरा गर्छन्”, उहाँले भन्नुभयो । गाली गर्नेमा पुरुष र महिला दुवै रहेका छन् । प्रायःजसोले एनसेल सिमकार्ड प्रयोग गर्ने गरेका छन् । प्रहरी उपरीक्षक विद्यानन्द माझी अनावश्यक सूचना दिने तथा फोन गर्नेलाई पक्राउ गरी कारवाही नगर्दासम्म समस्या समाधान नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मुद्दा नचलाएसम्म हुँदैन ।” थुनुवा राख्ने कोठा नहुँदा समस्या 

सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरी चौकीमा थुनुवा राख्ने कोठा नहुँदा समस्या भएको छ । सशस्त्र द्वन्द्वका समयमा भत्काइएका अधिकांश चौकी पुनर्निर्माण नहुँदा तथा ग्रामीण क्षेत्रमा आफ्नै भवन नहुँदा थुनुवा राख्न  समस्या हुने गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार प्रदेशमा सशस्त्र द्वन्द्वको समयमा भत्काइएका चार दर्जनभन्दा बढी प्रहरी एकाइमध्ये हालसम्म १४ भवन निर्माण गरिएका छन् । केही निर्माणका क्रममा छन् ।  

पुनर्निर्माण भएका प्रहरी चौकीमा अछामको इलाका प्रहरी कार्यालय बयलपाटा र विनायक, डोटीमा इलाका प्रहरी कार्यालय बिपीनगर र प्रहरी चौकी बोगटान, डडेल्धुरामा प्रहरी चौकी पोखरा, कैलालीमा इलाका प्रहरी कार्यालय फल्टुडे र इलाका प्रहरी कार्यालय चौमाला, कञ्चनपुरमा इलाका प्रहरी कार्यालय झलारी, बैतडीमा इलाका प्रहरी कार्यालय पाटन र इलाका प्रहरी कार्यालय तस्सोदेही, बाजुरामा प्रहरीचौकी तिल्लिचौर, दार्चुलामा सीमा प्रहरी चौकी लाली र इलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा बझाङ्गमा प्रहरी चौकी मेलबिसौना छन् । 

अधिकांश प्रहरी चौकीका प्रहरी थुनुवालाई आफूसँगै राखेर सुत्न बाध्य छन् ।“थुनुवा राख्ने अलग्गै ठाउँ छैन, राति भागे समस्या पर्छ, त्यसैले थुनुवालाई सँगै राखेर सुत्छौँ”, डोटीका एक प्रहरी जवानले भन्नुभयो । कतिपय प्रहरी चौकीका प्रहरी रातभर जाग्राम बस्छन् । कहिलेकाहीँ प्रहरीको भन्दा थुनुवाको सङ्ख्या बढी हुन्छ । जिल्ला सदरमुकाममै थुनुवा कोठाको अभावमा प्रहरीलाई समस्या हुँदै आएको इलाका प्रहरी कार्यालय दीपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माणको प्रक्रियामा छ, महिला थुनुवा राख्ने अलग कोठा छैन ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै