Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका नौवटा स्थानीय तहमा नमूना कृषि गाउँ बनाइने

२०७६, २५ श्रावण शनिबार १०:४१

साउन २५, डोटी | जिल्लाका नौवटा स्थानीय तहमा नमूना कृषि गाउँ बनाइने भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि लागू भएको प्रदेशस्तरीय कार्यक्रममा पहिलो चौमासिक प्रस्तावअनुसार जिल्लाका नौवटै स्थानीय तहलाई नमूना गाउँ बनाइने कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सिलगढीका प्रमुख किसानसिंह थापाले बताउनुभयो ।

कृषि नमूना गाउँका लागि नमूना कृषि फार्म, तरकारी तथा फलफूलको ग्रिन हाउस र नर्सरी निर्माण, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा विभिन्न स्रोत केन्द्र स्थापना तथा विकास गर्ने, बेमौसमी खेतीलगायत कृषि पर्यटनलाई जोड दिने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

पकेट क्षेत्र भित्र मागमा आधारित कृषक तथा कृषि उद्यमीलाई अनुदान सहयोग, तरकारी बीउ उत्पादन, प्राङ्गारिक मलमा अनुदान, खाद्यान्न तथा बीउ आलु उत्पादन पकेट क्षेत्र विस्तार, अदुवा विकास, प्रशोधन तथा उद्योग स्थापना, प्रविधि प्रसार र सिँचाइ, यान्त्रिकरण तथा क्लष्टरमा भकारो सुधार, क्षमता विकास तथा तालीम सञ्चालन, जहुँ, कोदो, बेथेलगायत जैविक विविधताको संरक्षण र प्रवद्र्धन गरी सम्भावित क्षेत्र समुदायका किसान र कृषि फार्मलाई व्यावसायिक बनाउने लक्ष्य रहेको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो