२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लागुऔषधसहित दुई पक्राउ

२०७६, २५ श्रावण शनिबार १४:१९

साउन २५, नवलपरासी | नवलपरासीपूर्व नवलपुरका विभिन्न दुई स्थानबाट प्रहरीले आज दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले नवलपरासीको मध्यविन्दु नगरपालिका–८ फूलबारीस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका–१८ घर भएका २० वर्षीय कृष्ण गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ । 

उनको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । भैरहवाबाट पोखराका लागि छुटेको ना५ख ८६९८ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पक्राउ परेका गुरुङको साथबाट प्रहरीले डाइजेपाम २५८ एम्पुल, नुफिन २५८ एम्पुल र फेनेरागन २५८ एम्पुल गरी ७७४ एम्पुल लागुऔषध बरामद गरेको छ ।

यस्तै प्रहरीले आजै मध्यविन्दु नगरपालिका–१० अरुणखोला बजारबाट अर्का एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । ना५२प २७०७ नंको स्कुटरमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने ३२ वर्षीय कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट डाइजेपाम ३६ एम्पुल, नुफिन ३६ एम्पुल र प्रोमाथाइजन ३५  एम्पुल गरी १०७ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई  जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको उहाँले  बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते