2026-07-06 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद भन्छन, तीन लोग्ने र एउटी श्रीमती बिहे दर्ता गर्न आए के गर्ने ?

2019-08-11

साउन २६ , काठमाडौं । मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ । तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न उठाए, ‘तीन पुरुष र एउटी महिला बिहे दर्ता गर्न आए के गर्ने ?’

समितिमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको व्यवस्था गर्न बनेको विधेयकको व्यक्तिगत घटनाबारे छलफल भइरहेको थियो । छलफलका क्रममा बहुपति प्रथाले प्रवेश पाएको हो । मुस्ताङलगायतका क्षेत्रमा बहुपति प्रथा छ । सांसद सुब्बासँगै छक्कबहादुर लामाले विभिन्न जाति र क्षेत्रमा बहुपति प्रथा रहेको भन्दै कानून निर्माण गर्दा जातीय परम्परालाई ध्यान दिनुपर्ने बताए ।

व्यक्तिगत घटना दर्ताबारे भएको छलफलमा नेकपा सांसद सुब्बाले हिन्दु विधिशास्त्रअनुसार संविधान बनेकाले अन्य जातिका परम्परालाई नजर अन्दाज गरिएको टिप्पणी गरे । उनले भने, ‘तीन जना लोग्ने र एक जना श्रीमती विवाह दर्ता गर्न आए के गर्नुहुन्छ ? समाजमा भएका कुराहरुलाई ऐन कानुनले कमाण्ड गर्नुपर्छ कि पर्दैन ?’

सांसद छक्कबहादुर लामाले यो नेपाली समाजको समस्या भएकाले छलफल गर्नुपर्ने बताए । तर समितिमा रहेका महिला सांसदहरुले प्रतिवाद गरे । सांसद यशोदा गुरुङ सुवेदीले फौजदारी संहिताले बहुविवाहलाई अपराध मानिसकेको अवस्थामा बहुविवाहलाई के गर्ने भनेर छलफल गर्नुको औचित्य नहुने बताइन् । उनले भनिन्, ‘हाम्रो सामाजिक परम्परामा बोक्सी प्रथा छ । के अब त्यसलाई पनि मान्यता दिने ?’

सांसद सुब्बाले भने संविधानले आफ्नो प्रथा परम्पराअनुसार गर भनेको स्मरण गराए । गाई मारेको आरोपमा अहिले थुप्रै मानिसमा जेलमा रहेको भन्दै उनले भने, ‘अहिले त मार्न छाडिसक्यो तर गाई वा गोरुको टाउको राखेर म अहिले पनि पूजा गर्छु । यसलाई नजरअन्दाज गरेर त्यत्तिकै जान त मिल्छ ।’

सांसद रेखा शर्माले कानुन र संविधानले गरेको व्यवस्थालाई व्यवहार र संस्कृतिले काट्न नमिल्ने तर्क गर्दै अभ्यास छ भन्ने नाममा कानुनलाई विस्थापित गर्न नहुने तर्क गरिन् । उनले संघीय कानुनबारे छलफल गरिरहँदा क्षेत्रगत परम्परा र संस्कृतिको सम्बोधन गर्नुपर्छ भन्नुको औचित्य नरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने