Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा वृद्ध दम्पतीको हत्या

२०७६, २६ श्रावण आईतवार १६:२६

 साउन २६, बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या भएको छ । आफ्नै घरमा रहेका ढोरपाटन नगरपालिका–८ बोबाङका ६८ वर्षीय भानबहादुर कामी र उहाँकी ६० वर्षीया श्रीमती बीमा कामीको शनिबार राति अपरिचित व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

उहाँहरुलाई आइतबार बिहान मृत भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । भानबहादुरको शव घर नजीकै मकैबारीमा र बीमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले घटनाको जानकारी पाएलगत्तै बुर्तिबाङ प्रहरी चौकीको टोली घटनास्थल पुगेको जानकारी दिनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको शरीरका विभिन्न भागमा रहेका चोट हेर्दा स्थानीय हतियार बञ्चरो प्रयोग भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदवारले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाकै–९ नवीगाउँ र बोबाङमा उनीहरु घुम्ती बसाइ गर्दै आएका थिए । मृतक विकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका बताइएको छ ।

घटनाको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली खटाएको छ । अनुसन्धानका लागि पठाइएको टोली बाटोमै रहेकाले घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै