साउन २७, काठमाडौं । ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् ।
उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् । उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ | बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।