२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा पहिरोले सडक भाँसिदा यातायात ठप्प,आठ परिवारले घर नै छाडे

२७ श्रावण २०७६, सोमबार ०९:१२

गंगराज पण्डित | साउन २७, बाजुरा | साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो ।

शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहिरो जाँदा सो सडक अवरुद्ध भएपछि  बाजुरावासी प्रभावित भएका छन् । 

गत वर्ष मात्र कालोपत्रको काम सकिएर सो सडक नियमित सञ्चालनमा आएको थियो । कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । यो वर्ष पनि दुई पटक अवरुद्ध बनिसकेको छ । सामान्य पहिरो गएको र पन्छाएपछि सुचारु हुने अवस्था नभएकाले लामो समयसम्म सडक बन्द हुने अवस्था देखिएको छ ।

सो सडकखण्ड अन्तर्गत बूढीगङ्गा नगरपालिका– १ अमकोट क्षेत्रमा पहिरोले सडक भत्किएको छ । सडकमा यातायातका साधन नै सञ्चालन गर्न नमिल्ने गरी सडक भाँसिएको प्रहरीले जनाएको छ । सडकनै भाँसिएकाले छिटो खुलाउन नसकिने सडक डिभिजन कार्यालय साँफेका इञ्जिनीयर दमन विष्टले बताउनुभयो । “यसअघि सानातिना दर्जन बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”,उहाँले भन्नुभयो, “यो पहिरोको प्रकृति हेर्दा पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै सकस हुने अवस्था छ ।”सडकको आधा बढी भाग पहिरोले बगाइसकेको र बाँकी भाग पनि भत्किने खतरा रहेकाले बस र ठूला मालबहाक ट्रक आवतजावतमा रोक नै लगाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहिरोले भाँसिएको क्षेत्रमा खतराको चिन्ह लगाएर प्रहरी परिचालन गरिएको छ । 

सो क्षेत्रको अम्कोट, द्ववारी र मलाती क्षेत्रको आधा किलोमिटर बढी सडक नै पहिरोको उच्च जोखिममा रहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ । त्रिवेणी नगरपालिका क्षेत्रमापर्ने पैमाको पहिरो र बूढीगङ्गा नदीको कटानले सडक नै उच्च जोखिममा रहेको इञ्जिनीयर दमन विष्टको भनाइ छ । 

“बाटो पूरै भत्किसकेकाले अहिले सवारी साधन सञ्चालन गर्ने अवस्था छैन्”,उहाँले भन्नुभयो, पहिरोको कारण करिब ६० मिटर सड़क भाँसिएकाले सड़क पूर्णरूपमा अवरुद्ध भएको छ, बाटोका लागि विकल्प खोजिए पनि तत्काल सुचारु गर्नसक्ने अवस्था छैन् ।”

सडक छेउको घर नै भत्काएर तत्कालका लागि वैकल्पिक बाटो निर्माण गर्नुपर्ने हुँदा यसका लागि प्रमुख जिल्ला अधिकारीसहित घरधनीको अनुमति चाहिने इञ्जिनीयर विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बजेट नभएपनि पछि माग गरेर पूर्ति गर्ने गरी वैकल्पिक सडक बनाइने छ । सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् । दर्जर्नौ सवारी साधान बल्देमै रोकिएका छन् ।” सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको स्थानीयवासी चेतन ऐडीले बताउनुभयो । 

आठ परिवारले घर छोडे 

साँफे मार्तडी सडक खण्डको छेउमा रहेका आठ परिवारले घर छोडेका छन् । तलपट्टी बूढीगङ्गा नदीको तीव्र कटान शुरु गरेसँगै आँगनमै पहिरो बग्न थालेपछि उनीहरुले घर छोडेका हुन् । सात परिवारले साउन पहिलो साता नै घर छोडेका हुन् भने टीकाराम पाध्यायका दाजुभाइले एकहप्ता अघिमात्रै घर छोडेको स्थानीयवासी नवराज पाध्यायले जानकारी दिनुभयो । 

निरन्तर वर्षाका कारण सडक पहिरोले भाँसिएसँगै घर पनि जोखिममा परेको छ । घरसमेत पहिरोमा बग्ने भएपछि घर छोडेर अन्यन्त्र सर्नु परेको टीकाराम पाध्यायको परिवारको गुनासो छ । 

सडक तलतिर रहेका लीला पाध्याय, हीरा पाध्याय, नन्दकृष्ण पाध्याय, मनिराम पाध्याय, टीकाराम पाध्याय लगायतका परिवार पनि अन्यन्त्र सरिसकेका छन् । उनीहरुको बस्ती नजिकै पहिरो बग्न थालेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य