2026-07-06 10:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दुई हप्तामै भत्कियो कालोपत्रे, ट्याक्टरलाई दोष !

2019-08-12

साउन २७, दमौली । तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीबाराही जाने बाटो कालोपत्र भएको दुई हप्तामै भत्किएको छ । दमौलीदेखि प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरसम्म जाने छाब्दी मार्गमा कालोपत्र गर्नेबित्तिकै ट्र्याक्टर गुडाएका कारण भत्किएको स्थानीयको भनाइ छ ।

खोलाबाट कच्ची बाटो हुँदै सामान बोकेर आएको लोड ट्र्याक्टरको बीचको पाङ्ग्राले सडक किनाराको केही भाग भत्काएको हो । गण्डकी प्रदेश सरकारको एक करोड रुपैयाँको लागतमा सो सडक कालोपत्र गरिएको थियो । भौतिक पूर्वाधार कार्यालय नवलपुरले टेन्डर प्रक्रियामार्फत कालोपत्र गरेको सडकमा ट्र्याक्टर चालकको लापरवाहीले सडक भत्किएपछि स्थानीयवासीले प्रदेश सरकारकै आलोचना गर्न थालेका छन् ।

तर सडक अनुगमन गर्ने जिम्मेवारी उपभोक्ता समिति र उपभोक्ताहरुको पनि भएको हुँदा सबै दोष प्रदेश सरकारलाई दिनु न्यायोचित नभएको केही स्थानीयवासी बताउँछन् । सङ्घीय सरकारको लगानीमा उक्त मार्गमा पहिलो चरणमा व्यास नगरपालिका–१ को  कुन्छाली गाउँदेखि व्यास नगरपालिका–१२ भड्खालासम्मको ८०० मिटर सडकमा पक्की  नालासहित कालोपत्र गरिएको थियो ।

भड्खालादेखि गौडापहरासम्म दोस्रो खण्डमा व्यास नगरपालिकाको दुई करोड र गौडापहरादेखि छाब्दी मन्दिरसम्मको तेस्रो खण्डमा प्रदेश सरकारको एक करोड रुपैयाँ बजेटबाट कालोपत्र गरिएको हो । सङ्घ र प्रदेशको बजेटबाट लगाएको टेन्डरको काम सम्पन्न भइसके पनि नगरपालिकाले लगाएको टेन्डरको भने अझै काम सकिएको छैन ।

सङ्घ र प्रदेशको बजेटबाट कालोपत्र हुने सडकको ठेक्का डायमण्ड कन्सट्रक्शन प्रालि दमौलीले पाएको थियो । व्यास नगरपालिकाको ठेक्का भने जिएस कन्सट्रक्शनले पाएको थियो । उक्त सडक कालोपत्र गर्ने जिम्मा पाएको डायमन्ड प्रालिका प्रोपाइटर आरसी पौडेलले मुख्य सडकमा जोडिएको शाखा सडकबाट लोड गाडी ट्र्याक्टर जबर्जस्ती सडकमा लगिँदा सडक भत्किएको बताए ।

भर्खर कालोपत्र गरिएको सडकमा त्यसरी लोड ट्र्याक्टर प्रवेश गराउन नहुने भन्दै उनले शाखा सडकभन्दा निर्माण गरिएको सडक अग्लो बनेको र त्यसमा जबर्जस्ती लोड गरिएको गाडी ल्याउँदा भत्किएको जानकारी दिए ।

भौतिक पूर्वाधार कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले सडक कालोपत्रको गुणस्तरमा कुनै कमजोरी नभए पनि तत्कालै लोड ट्र्याक्टर हिँडाएको कारण सडकमा क्षति पुगेको बताए । यस बारेमा अझ स्थलगत अध्ययनपछि थाहा हुने भन्दै भण्डारीले उक्त कालोपत्रको भुक्तानी भइनसकेको हुँदा गुणस्तरहीन काम भएको भए भुक्तानी रोक्ने जानकारी दिए ।

छाब्दी मार्ग उपभोक्ता समितिका सचिव निर्मल पण्डितले पनि ट्र्याक्टरकै कारण सडक भत्किएको बताउँदै प्रदेश सरकारलाई दोष दिनुको कुनै औचित्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने