२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

वडा सदस्यका छोरा डेढ लाख घुस सहित पक्राउ

२०७६, २८ श्रावण मंगलवार ०९:१८

साउन २८, महोतरी  |  महोत्तरीको भंगहा नगरपालिकाका एकजना जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रङ्गेहात पक्राउ गरेको छ । भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह डेढ लाख घुस रकमसहित पक्राउ परेका हुन् ।

सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले भंगहा नपा वडा नम्बर ८ मा भैरहेको पिसिसी सडक ढलानको लागि छुट्याइएको करिब २० लाख रुपैयाँमध्ये वडा सदस्य  साहका छोरा मुकेशले १ लाख ६० हजार रुपैया हिनामिना गरेको पाइएपछि सो रकमसहित उनलाई नियनत्रणमा लिइएको हो ।

उनलाइ जनकपुर वडा नम्बर ९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेट बाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।  सो रकम वडाध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाइ लिन पठाएको रहस्य समेत खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी