२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माछा मार्ने क्रममा जालमा बेरिएर दुईको मृत्यु

२०७६, २८ श्रावण मंगलवार १०:१८

साउन २८, काठमाडौँ  | स्याङ्जाको चापाकोट नगरपालिकामा माछा मार्ने क्रममा जालमा बेरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर ५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आले छन्।

ज्याग्दी खोलामा माछा मार्न गएका उनीहरूको जालमा बेरिएर सोमबार साँझ मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए। मृतकमध्ये आले चापाकोट नगरपालिका वडा नम्बर ४ को राम मन्दिर माविका स्थायी शिक्षक थिए। सोमबार अपरान्ह साढे चार बजे उनी वीरबहादुरको घर पुगेका थिए। ‘स्कुल छुट्टी भएपछि माछा मार्न जाउँ भन्दै उनी वीरबहादुरको घर पुगेका थिए,’ घिमिरेले भने।

अर्का बमबहादुर आलेसहित तीनै जना माछा मार्न खोलामा पुगेका थिए। माछा मार्ने सल्लाह गरेर पाँच बजे उनीहरू खोलामा पुगेका थिए। माछा मार्ने क्रममा वीरबहादुरले खोलामा जाल फालेका थिए। आफूले फालेको जालले उनलाई बेरेपछि खोलामा डुबेका थिए।

प्रहरीका अनुसार, शिक्षक निरबहादुरले उनलाई बचाउन आफ्नो जाल खोलामा फालेका थिए। साथीलाई बचाउन जाल फालेका उनी पनि जालमा बेरिएर डुबेका थिए। ‘दुबै केही समय बग्दै गएर कौडे नहरमा पुगेर अड्किएका थिए, त्यतिबेलासम्म ज्यान गइसकेको थियो,’ |

दुबैलाई खोलाले बगाएपछि अर्का बमबहादुरले प्रहरीलाई खबर गरेका थिए। दुबैको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने