2026-09-14 08:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको न्यूरोडस्थित फर्निचर उद्योगमा भिषण आगलागी

साउन २८, कास्की |  गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको छ। भाटभटेनी सुपर मार्केटनजिकै रहेको उक्त पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो। 

आगलागीको कारण खुल्न सकेको छैन। दुईवटा दम्कलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।

कास्कीको नापीमा मोबाइल एप

मालपोत, यातायात, नापीलगायत सरकारी कार्यालयमा  सेवाग्राहीको अत्यधिक चाप हुने गर्दछ । दिनहुँ  भीडभाड हुने यी कार्यालयबाट सेवा लिने सर्वसाधारणलाई हैरानीका साथै सेवा कसरी प्राप्त गर्ने भन्ने बारेमा जानकारी नहुँदा विचौलियाको फन्दामा पर्ने सम्भावना उत्तिकै छ । तर, जिल्ला नापी कार्यालयले भने सेवालाई प्रविधिमैत्री बनाउँदै सूचना प्रविधिको प्रयोग गरी मोबाइल एपबाटै सेवाको जानकारी र सोको प्राप्तिको प्रक्रियाका बारेमा सेवाग्राहीलाई दिन शुरु गरेको छ । 

देशका ७७ जिल्ला नापी कार्यालयमध्येमा पहिलोपटक मोबाइल एपमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरुआत गरिएको कार्याल यप्रमुख  इञ्जिनीयर खिमलाल गौतमले बताउनुभयो । यसबाट लामो तथा झन्झटिलो प्रक्रियाले गर्दा विचौलियाको शरणमा पर्नुपर्ने सेवाग्राहीको बाध्यता हट्ने  विश्वास लिइएको छ ।

गौतमका अनुसार ‘नापी पोखरा (क्यप्ए)’ एप्सको माध्यमबाट सेवाग्राहीले आफ्नो मोबाइलबाट आफूले चाहेको सेवा घरमा बसेर सम्बन्धित फाँटवाला कर्मचारीको समय लिएर प्राप्त गर्न सक्नेछन् । सेवा लिँदा आइपर्ने समस्याका बारेमा कार्यालय प्रमुखलाई एपबाट सिधै जानकारी गराउन सक्नेछन् ।

सो एपबाट सेवाग्राहीले कित्ताकाट, हाल साबिक भिडाउने, नक्सा प्रिन्ट तथा ट्रेस उतार, फिल्डबुक उतार, फिल्ड रेखाङ्कन, क्षेत्रफल ट्रायल, कित्ता एकीकरणलगायत कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा लिन सक्ने व्यवस्था मिलाइएको गौतमले जानकारी दिनुभयो ।  

एपबाट टोकन लिइसकेपछि सेवाग्राहीले आफूले लिन चाहेको सेवाको बटममा क्लिक गरी सेवा चयन गर्न सक्नेछन् । सेवाग्राहीले  आफूलाई अनुकूल मिति र समय पेश गरेको सूचना सम्बन्धित फाँटवालाले स्वीकार गरेपछि सेवा लिन आउनुपर्ने समय र मितिका बारेमा सेवाग्राहीले मोबाइलमा सूचना प्राप्त गर्न सक्नेछन् । 

दर्ता स्रेस्ता मिलाउनका लागि दिने निवेदन, जग्गाधनी दर्ता प्रमाणपत्र, जग्गा रेखाङ्कनका लागि दिने निवेदन ढाँचा, नक्साको ब्लुप्रिन्टका लागि चाहिने निवेदनलगायत कार्यालयका लागि आवश्यक १५ वटा निवेदनको ढाँचा एप्लिकेशनमा राखिएकाले सेवाग्राहीलाई सहज हुनेछ । अरू कसैको सहायता आवश्यक नपर्ने तथा लामो लाइनमा बस्नुपर्ने झन्झटबाट समयको बचत हुने बताइन्छ । 

कुनै ठाउँमा नाप नक्सा भइरहेको जानकारी, पुर्जा वितरणसम्बन्धी सूचनालगायतका महत्वपूर्ण सूचना तथा जानकारीसमेत सर्वसाधारणले एप्लिकेशनबाट प्राप्त गर्न सक्नेछन् । कार्यालयप्रमुख गौतमले भन्नुभयो, “जमीन नाप नक्सा तथा अद्यावधिकको कामलाई समयानुकूल प्रविधिमैत्री बनाउने हाम्रो योजना हो । सेवाप्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्ने र समय चापको व्यवस्थापन गरी सेवाग्राहीले कार्यालयमा प्रवेश गर्ने बित्तिकै सेवा प्रदान गर्ने उद्देश्यले एप्स निर्माण गरेका हौँ ।”

एप्सको प्रयोगबाट गैरकानूनी कार्यलाई निरुत्साहित गर्न र सुशासन स्थापनामा सहयोगी हुने साथै कार्यालय प्रमुख, सेवाग्राही र सम्बन्धित फाँटवालाबीच समन्वयका लागि एप्लिकेशनमा तीनवटा ‘लग इन’ सहितको आन्तरिक संरचना रहेकाले पनि तत्कालै सेवा प्रवाह र गुनासोको सम्बोधन गर्न सघाउनेछ । १५औँ आवधिक योजनाको प्रस्तावित आधारपत्रमा भूमि व्यवस्थालाई आधुनिक, प्रविधियुक्त, सरल र पारदर्शी बनाउने तथा जग्गा प्रशासनको क्षेत्रमा देखापरेका कमीकमजोरीहरुलाई सुधार गरेर सेवा प्रवाहमा थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यमा सो एपबाट सहयोग पुग्ने विश्वास कार्यालयको छ । एप्लिकेशन रु तीन लाख लागतमा पाथओए टेक्नोलोजी सर्भिसेजले तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले