2026-07-06 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा भएको सांघातिक आक्रमणमा एक नेपालीको मृत्यु, अनावश्यक भीडभाडमा नजान दूतावासको आग्रह

2019-08-15

साउन  ३०, काठमाडौँ  | कतारको दोहामा मंगलबार राति भएको सांघातिक आक्रमणमा एक नेपालीको मृत्यु भएको छ। दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक नेपालीको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासको बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

मृत्यु हुनेमा सुनसरीका तवरेज अन्सारी रहेको जनाइएको छ। घाइते हुनेमा सुनसरी कै उमर अन्सारी, इब्राहिम अन्सारी, नौसद अन्सारी, अकवर मियाँ र महसुद अन्सारी रहेका छन्।

पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ। दूतावासका अनुसार घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने सामान्य अवस्थामा छन्।

घटनापछि पक्राउ परेका घाइते अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासतमुक्त गराइसकेको दूतावासले जनाएको छ। घटनामा संलग्न केहीलाई कतार प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।

नेपाली दूतावासले घटनाप्रति दुख व्यक्त गर्दै कतारमा रहेका नेपालीलाई अनावश्यक भीडभाडमा नजान आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने