२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अझै खुलेन अरूण खोलाको डाइभर्सन बगेपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग

२०७६, २ भाद्र सोमबार १२:०९

भदौं २, काठमाडौं । नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका स्थित अरुण खोलाको डाइभर्सन बगेपछि अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन । केही दिनअघि बाढीले पुल भत्किएपछि डाइभर्सन गरी सवारी सञ्चालनमा ल्याइए पनि आइतबार साँझ आएको बाढीले पुनः डाइभर्सन बगाएको थियो । 

राजमार्ग अवरुद्ध भएपछि पूर्व-पश्चिम जाने सयौं यात्रु आइतबार साँझदेखि अरुणखोला बजारमै अलपत्र परेका छन् ।

डाइभर्सनबाटै सवारी साधन सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तर परेको पानीका कारण खोलाको बाढी नघटेकोले सम्भव नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन पोखरेले जानकारी दिए ।

खोलामा पानीको सतह घटे आज साँझसम्मै सवारी साधन सञ्चालन गर्न सकिने एसपी पोखरेलले बताए । तर, माथिल्लो क्षेत्रमा पानी परिरहेकोले पानीको सतह घट्ने सम्भावना न्युन रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते