2026-09-14 08:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा डेङ्गुका १६ जना बिरामी अस्पताल भर्ना

भदौ २, पोखरा । पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो । 

कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते मात्रै १६ जना डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । वडा नं ८ भित्र कवाड सङ्कलन केन्द्रमा रहेका टायरसँगै स्थानीयका घरमा रहेका पुराना भाडामा जम्मा भएको पानी नै डेङ्गु सङ्क्रमणको प्रमुख कारकका रुपमा देखिएको स्वास्थ्य कार्यालयका अधिकृत याम बरालले जानकारी दिनुभयो ।

नागरिक समाजको सञ्जाल, इन्सेक र आमा मिलन केन्द्रद्वारा संयुक्त आयोजना तथा स्वास्थ्य कार्यालयको सहकार्यमा आज यहाँ आयोजित डेङ्गु सचेतना कार्यक्रममा बोल्दै उहाँले स्थानीयले रोगका बारेमा पहिचान भए पनि त्यसबाट बच्न कुनै पनि सतर्कता नअपनाएका कारण डेङ्गु रोग बढेको बताउनुभयो । 

आमा मिलन केन्द्रकी अध्यक्षसमेत रहनुभएको स्थानीय इन्दिरा पौडेलले पटकपटक प्रयास गर्दा पनि महानगरले रोग नियन्त्रणमा चासो नदिएको दुखेसो सुनाउनुभयो । “प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी सङ्क्रमित बन्न पुगेका छौँ, यो वडा निकै संवेदनशील देखिएको छ, महानगर गम्भीर नबने आगामी वर्ष अझै यसको सङ्क्रमण बढेर जाने निश्चित छ”, उहाँले भन्नुभयो ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले डेङ्गु सङ्क्रमणलाई भयावह रुपमा फैलन नदिन आफूहरुले विभिन्न संस्थासँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले सबैभन्दा पहिले स्थानीय नै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीयका समस्यालाई वडा कार्यलय र महानगरपालिकासम्म पु¥याउनका लागि समन्वयात्मक भूमिका खेल्न सञ्जाल तयार रहेको उहाँको भनाइ छ । सफा पानीमा बस्ने र दिनमा मानिसलाई टोक्ने उक्त डेङ्गु रोग सार्ने लामखुट्टे यतिखेर पोखराका वडा नं. ८, ९ र १७ मा बढी देखिएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले