२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

२०७६, ६ भाद्र शुक्रबार ०५:३९

भदौ ६, बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । 

प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनुभयो । विधिविपरित नगरप्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको वडा नं ९ का अध्यक्ष विनोदकुमार विकले बताउनुभयो । 

समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरी फरक सङ्गठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा पेश गरेका हुन् ।

नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनपछि देखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले एकलरूपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा पेश गरेको वडा नं २ का अध्यक्ष डम्मर महतको भनाइ छ । बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला–बेला विवाद हुने गरेको छ । स्थानीय तह सञ्चालन निर्देशिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन ।

कुटपिटको आरोपमा दुई जना नियन्त्रणमा

मदिरा सेवन गरी गाली गर्ने र विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले हिमाली गाउँपालिकाका दुई जनालाई नियन्त्रणमा लिएको छ । दलित अधिकारीकर्मी गोरखबहादुर सार्कीमाथि गाली गर्ने र डुम भनेर विभेद गर्ने चिरीम मल्ल र भूपि मल्ललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिमाली गाउँपालिका– ६ धिममा भदौ २ गते लागेको खौं मेलाबाट फर्किएर घरमा सुतिरहेको बेला दलित अधिकारकर्मी गोरखबहादुर सार्की र उनकी श्रीमती आप्सरी ऐडी सार्कीलाई  गाली गरेको, अपमानित शब्द प्रयोग गरेको र डुम भनेर विभेद् गरेको भन्दै उजुरी परेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

गाली गर्ने चिरीम मल्ल हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लका छोरा र भूपि मल्ल भतिजा हुन् । राति सुतिरहेको समयमा कोठामै आएर “डुम कमारा तिमीहरु डुमले मेला हेर्नका लागि चश्मा, कोट लगाउने हो”, भनेर आपत्तिजनक गाली दिएको गोरख सार्कीले बताउनुभयो ।

गाली गरेको उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । 

पीडित सार्कीले भने आफ्नी श्रीमतीको छातीमा समेत चोट लागेको र दुवै जनालाई गालीसँगै आक्रमणसमेत गरेको बताउनुभयो । घटना घटेलगत्तै दलित अधिकारकर्मी सार्कीले आफूमाथि दुवैले आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर आरोपित मल्लद्वयले भने आफूहरुलाई बिनाकारण फसाउन खोजिएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ