Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय पूर्व अर्थमन्त्री जेट्लीको निधन

२०७६, ७ भाद्र शनिबार ०९:५९

भदौ ७, नयाँ दिल्ली, ।  (रासस /एएनआई) – पूर्व अर्थमन्त्री तथा भारतीय जनता पार्टी (बिजेजी)का वरिष्ठ नेता अरुण जेट्लीको शनिबार अपराह्न निधन भएको छ । उहाँको ६६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारकै क्रममा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र बिजेपीका वरिष्ट नेताहरु अस्पताल पुग्नु भएको थियो । 

जेट्ली  अगस्त महिनाको शुरुमा नै एम्समा भर्ना हुनु भएको थियो ।  पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपयीको सरकारमा नै सन् २००० मा जेट्ली पहिलो पटक मन्त्रिमण्डलमा सहभागी हुनु भएको थियो । उहाँले सन् २००९ मा राज्यसभामा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।

उहाँ सन् २०१४ मा अर्थात् मोदी सरकारको पहिलो कार्यकालमा अर्थमन्त्रीमा नियुक्त हुनु भएको थियो । तर सन् २०१९ को भारतीय लोकसभाको निर्वाचनमा स्वास्थ्यको कारण देखाउँदै उम्मेदवारी दिन अस्वीकार गर्नुभएको थियो । उहाँको गत वर्ष मे महिनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ