2026-09-14 08:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रवि लामिछानेको रिहाइको माग गर्दै बाग्लुङमा पदर्शन

हेम विश्वकर्मा | भदौ ७, बुर्तिबाङ | टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग राख्दै बुर्तिबाङमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजनकर्मी लामिछानेको रिहाइको माग गर्दै स्वतन्त्र युवा संञ्जालले आज ढोरपाटन नगरपालिकाको बुर्तिङमा प्रदर्शन गरेका हुन् । 

सन्तोष भण्डारीको नेतृत्वमा बुर्तिबाङ बसपार्कमा भेला भएका समर्थहरु रविको समर्थनमा नाराबाजी गर्दै उपल्लो बजार हुँदै  नेपाल बैँक चोकमा आइ कोणसभामा परिणत भएको थियो । सोही अवसरमा बोल्ने बक्ताहरुले निष्पक्ष रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरका छन् । युवा समाजसेबी यामु पौवीले वर्तमान सरकार निर्मला हत्या प्रकरण, ३३ किलो सुन काण्ड लगाएत काण्डै काण्डमा मुछिएकोले निर्दोस ब्यत्तिलाई फसाउने षड्यन्त्र भएको आरोप लगाउनुभयो ।

माउन्टेल टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्य प्रक्ररणको छानबिनका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनजना अहिले चितवन प्रहरीको हिरासतमा छन् ।

उनीहरुलाई अदालतले दोस्रोपटक थपेको म्याद भोलि सकिँदैछ । शालिकरामले मृत्युअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीले मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

सोही भिडियोका आधारमा आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछाने सहित तीनैजना पक्राउ परेका हुन् । तर रवि समर्थकहरु भने यो घटनामा उनको कुनै दोष नरहेको दाबीसहित फसाउन नहुने भन्दै प्रदर्शनमा उत्रेका छन्  ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले