Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ११, कञ्चनपुर । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो ।

साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शुरु भएको बताइएको छ । अस्पतालका सूचना अधिकारी केशव अवस्थीले भन्नुभयो, “हालसम्म भाइरलका बिरामी आउने क्रम रोकिएको छैन ।” ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जिउ दुख्नेलगायतका लक्षण भएका बिरामीको सङ्ख्या प्रतिदिन बढदो रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि पुग्ने गरेका छन् । जसमध्ये ७० प्रतिशत बढी भाइरल ज्वरोका बिरामी छन् । ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको सङ्ख्या अधिक छ । लक्षणका आधारमा भाइरलको सङ्क्रमण भएका बिरामीको चिकित्सकले उपचार गर्दै आएका छन् ।

वातावरणमा आएको परिवर्तन र दुषित खानपानका कारण भाइरल ज्वरोको सङ्क्रमण हुने गरेको छ । यसैगरी, ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा समेत भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढदो छ । स्वास्थ्यचौकीमा दैनिक ६० को हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । बजार क्षेत्रका निजी क्लिनिकमा भाइरल ज्वरोको उपचारका लागि पुग्ने बिरामीको सङ्ख्यासमेत उत्तिकै रहेको छ ।

वातावरणीय प्रभावका कारण भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तीर्थराज भट्टले भन्नुभयो, “नगरपालिकामा रहेका पाँच स्वास्थ्य संस्थामा दैनिक १०० बढी बिरामी भाइरल ज्वरोको समस्या लिएर पुग्ने गर्दछन् ।” भाइरल ज्वरोले पाँच दिनदेखि एक हप्तासम्म प्रभावित गर्न सक्ने भएकाले स्वस्थ्य व्यक्तिले भाइरल ज्वरोको सङ्क्रमण भएका बिरामीबाट टाढै बस्नुपर्ने हुन्छ । व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनु आवश्यक हुने शाखा प्रमुख भट्टले बताउनुभयो ।