गलकोट, १२ भदौ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गलकोट, १२ भदौ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ "/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

२०७६, १२ भाद्र बिहीबार ०४:५०

गलकोट, १२ भदौ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ ।  

जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महीना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको विशेष उपस्थिति एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, अर्जुनवाण गण बिहुँका सेनानी प्रवेश बस्नेत, मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापामगरलगायत कार्यालय प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको समुपस्थितिमा बसेको बैठकले एक महीना दैनिक आठ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो । 

यस खण्डअन्तर्गतको जिल्ला सदरमुकामदेखि काठेखोला गाउँपालिका–१ अक्षेतेसम्मको सडक विस्तारका लागि दिनको आठ घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो । आगामी भदौ १८ देखि असोज १७ गतेसम्म बिहान ७ः३० देखि ९ः३० सम्म र पुनः १०ः३० देखि अपराह्न ४ः३० सम्म बाटो बन्द गरिने बागलुङका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो । सडक बन्दका क्रममा बागलुङको अक्षेतेदेखि पाला, मुलपानी हुँदै बागलुङ बजार आउने वैकल्पिकमार्ग प्रयोग गर्न सकिनेछ । सिकिस्त बिरामीका हकमा लोकमार्ग आयोजनाले सडक खुलाएर गन्तव्यतर्फ जाने व्यवस्था गर्नेछ । 

बागलुङ बजारदेखि घोडाबाँधेसम्म २५ किलोमिटर सडक अहिले विस्तारकै चरणमा छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्म दुई निर्माण कम्पनीले जिम्मा लिएर काम गरिरहेको भए पनि केही महीना काम रोकिएको थियो । खहरे खण्डसम्म सिद्धि शाही/प्रकाश जेभी र बिहुँ खण्डको सडक निर्माण गर्ने जिम्मा लिएको एपी/इलाइट/सूर्य कन्स्ट्रक्शन जेभीले सडक निर्माणको कामलाई तीव्रता दिने बताएका छन् । २५ मिटर फराकिलो हुने यस सडकमा कालोपत्र भने आठ मिटरको मात्रै गरिने निर्माण कम्पनीले जानकारी दिएका छन् । 

सडकखण्डमा जाली लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायतका काम सम्पन्न भएको भए पनि बीच–बीचमा चट्टान कटान गर्नुपर्नेछ । सडकमा सवारीसाधन सञ्चालन भइरहँदा काम गर्न कठिनाइ र दुर्घटनाको जोखिमसमेत भएकाले तीव्रगतिमा काम सक्नका निम्ति पनि सवारी आवागमनलाई बन्द गर्नुपरेको मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापामगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै