Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो – युएई

२०७६, १३ भाद्र शुक्रबार ०८:२७

भदौ १३, अबुधाबी ।  (रासस-सिन्ह्वा) – संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख छ ।

यमनी विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय मानवीय कानुनलाई ध्यानमा राखी आतंकवादी लडाकूलाई मात्र केन्द्रित गरी हवाई हमला गर्न आग्रह गरेको छ । 

सैनिक गुप्तचर सूचनामा विद्रोहीहरुले गठबन्धन सेनामाथि आक्रमण गर्ने योजना बनाएको पाइएको छ । युएईको विदेश मन्त्रालयले  गठबन्धन सेनामाथि आक्रमण हुनुअघि नै विद्रोहीमाथि कारबाही गर्नु परेको जनाएको छ । 

यमनको अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारले भने युएईमाथि जथाभावी यमनी नागरिकमाथि हवाई हमला गरिएको र दर्जनौं निहत्था व्यक्ति मारिएको दाबी गरेको छ । दक्षिणी एडेन शहर र यसको वरपर युएई समर्थित पृथकतावादी विद्रोहीहरुले आक्रमण गरेको यमन सरकारले बताएको छ । 

सरकारी फौजमाथि आक्रमण भयो – यमन

यमनको रक्षा मन्त्रालयले बिहीबार युएईको हवाई आक्रमणबाट करिब ३०० जना यमनी सुरक्षाफौजका सदस्यहरु मारिएका वा घाइते भएका जनाएको छ । 

एडेन र आसपासको क्षेत्रमा युएईले गरेको हवाई आक्रमणको यमनको रक्षा मन्त्रालयले भत्र्सना गरेको छ । 

एडेन र अब्यानमा गत बुधबारयता मात्र युएईले कम्तीमा १० पटक हवाई हमला गरेको थियो । यमनी सरकारी फौजमाथि साउदी अरेबिया समर्थित गठबन्धनले पनि आक्रमण गरेका छन् । 

यसैबीच, संयुक्तराष्ट्रसंघले यमनमा भएको पछिल्लो आक्रमणबाट कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको र कम्तीमा ७० जना घाइते भएको जनाएको छ । राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान डुजारिकले एडेनका सडकहरु सुनसान भएका र स्थानीय विमानस्थलबाट सबै उडानहरु स्थगित भएको बताउनुभयो । 

प्रवक्ता डुजारिकले यमन संकटमा तत्कालै चार अर्ब २० करोड डलर आवश्यक रहेको बताउनुभयो । यमनमा करिब दुई करोड मानिसलाई मानवीय सहायता जरुरी रहेको राष्ट्रसंघको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ