शंकर के सी | भदौ १३, सल्यान । वार्षिक नीति तथा कार्यक्रम अनुसार सल्यानको कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा शुक्रबार गाउँपालिकाले ६ वटै वडाका जेष्ठ न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शंकर के सी | भदौ १३, सल्यान । वार्षिक नीति तथा कार्यक्रम अनुसार सल्यानको कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा शुक्रबार गाउँपालिकाले ६ वटै वडाका जेष्ठ न"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान कपुरकोटमा ५३ जना जेष्ठ नागरिक सम्मानित

१३ भाद्र २०७६, शुक्रबार १०:१८

शंकर के सी | भदौ १३, सल्यान । वार्षिक नीति तथा कार्यक्रम अनुसार सल्यानको कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा शुक्रबार गाउँपालिकाले ६ वटै वडाका जेष्ठ नागरिक (पुरुष) लाई सम्मान गरेको प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।

उनका अनुसार गाउँपालिकाले आमाको मुख हेर्ने दिनको अवसर पारेर महिला जेष्ठ गारिकलाइ सम्मान गर्दछ । उनले भने, ‘७५ वर्ष भन्दा माथीका जेष्ठ नागरिकका कुरा सुन्ने, समस्याबारे जानकारि लिने र सम्मान गर्ने उद्देश्यले बुवाको मुख हेर्ने दिन र आमाको मुख हेर्ने दिन यस किसिमको कार्यक्रम राख्ने गरेका छौँ ।’


गाउँपालिकाका ६ वटै वडामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको हो । कपुरकोट, ३ मा ११ जना जेष्ठ नागरिक सम्मानीत भएको वडाध्यक्ष मिन बहादुर सेनले जनाए । टिका, दोसल्ला र नगद सहित सम्मानीत भएपछि कपुरकोट ३ दमारखोलाका ७६ वर्षिय जेष्ठ नागरिक टिकाराम डाँगीले सबै बुढापाकाहरु भेला भइ सम्मानीत हुन पाउँदा खुसि लागेको बताए ।

यस्तै वडा नम्बर १ मा ८ जनालाई वडाध्यक्ष बालाराम खड्काले, वडा नम्बर २ मा  ५ जना लाइ वडाध्यक्ष मान बहादुर रानाले, वडा नम्बर ६ मा  ८ जनाई वडाध्यक्ष हेरम बहादुर बुढाथोकीले सम्मान गरेका छन् । यस्तै कपुरकोट ५ मा १२ जना सम्मानीत भएको कार्यपालिका सदस्य कमला महरले जनाएकि छिन् भने वडा नम्बर ४ मा ९ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको वडा सदस्य चित्र बहादुर थापाले जानकारि गराएक छन् ।

सो अवसरमा जेष्ठ नागरिकहरुले गाउँपालिकाले मायाँ गरेर डाँडामाथीबाट ओझेल पर्न लागेका ब्यक्तिलाइ दोसल्ला, फुल, माला र खाजा खर्च दिएर सम्मान गरेको भन्दै खुसि देखिएका थिए । कपुरकोट २ खहरे निवासि ७८ वर्षिय लाल बहादुर ओलीले समन पाएकोमा खुसि हुँदै घरपरिवार र गाउँसमाजका ब्यक्तिहरुले पनि अग्रजको माया गर्नुपर्ने बताए । यस्तै कपुरकोट ६ ढोरबाङ खोला निवासि ८२ वर्षिय बागदल खड्काले सार्वजनीक यातायात, स्वास्थ्य संस्थामा अझै पनि आफुहरुले छुट पाउन नसकिरहेको गुनासो गरे ।


वडा नम्बर ३ मा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडाध्यक्ष मिन बहादुर सेन, कार्यपालिका सदस्य ठकविर विक लगाएतले बोल्दै घरपरिवारबाट अपहेलित हुनु परे वा कुनै समस्या आइपरेमा वडा कार्यालय एवम् गाउँपालिकाको कार्यालयमा आउन अनुरोध गरेका थिए । वडा सचिव अस्मीता पुनले सहजीकरण गरेको कार्यक्रममा वडा सदस्य टिकाराम बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान