२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

गाई र गोरु मृत्यु घटना: सात जना पक्राउ, यसरी पठाइएको थियो गाई र गोरु

१३ भाद्र २०७६, शुक्रबार १५:११

भदौ १३, बाँके | छाडा पशु चौपायाको व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले चरम लापरवाही गरेका कारण सुर्खेतमा दर्जनौँ गाई र गोरु मरेका हुन् । छाडा गाई र गोरुको उचित व्यवस्थापन गर्न नसक्दा दैलेख पठाउन लागिएका २५ गाई र गोरु बाटोमै मरेका पाइएको छ । 

बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट ल्याइएका २९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा आज मृत भेटिएका थिए । कतिपय गाई र गोरु भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । स्थानीयवासीले भने गाई र गोरुलाई भिरबाट लडाएर मारेको आरोप लगाएका छन् । उनीहरुले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार नेपालगञ्ज बजारमा छाडा रहेका गाई र गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको जानकारी दिनुभयो । “नेपालगञ्ज उपमहानगरपालिकाको गाई र गोरु व्यवस्थापनमा लापरवाही देखिन्छ, गाई र गोरुलाई बीच जङ्गलमा छाडिएको छ, हामीले कानूनी कारवाही प्रक्रिया शुरु गरेका छौँ”, उहाँले भन्नुभयो । 

सात जना पक्राउ

गाई र गोरु मृत्यु घटनाबारे अनुसन्धान गर्न सात जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो । “चार ट्रक नियन्त्रणमा लिएका छौँ, अनुसन्धानपछि मात्रै सबै कुरा खुल्छ”, उहाँले भन्नुभयो । रावलले मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुरमा दोषीलाई कारवाही गरिने राससलाई जानकारी दिनुभयो । मुलुकी अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ अनुसार गाई र गोरु मारेमा तीन वर्ष कैदको व्यवस्था छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी उत्तम शर्माका अनुसार अहिलेसम्म वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गढीको भिरमा १७ गाई र गोरु मृत फेला परेका छन् । सुर्खेतको सुब्बाकुनामा आठ गाई र गोरु मृत तथा तीन गाई र गोरु घाइते फेला परेका छन् । उहाँले गाई,  गोरु र बाच्छा गरी १३० घाइते फेला परेको जानकारी दिनुभयो । अहिले वीरेन्द्रनगर नगरपालिकाले घाइते गाई, गोरु र बाच्छाको उपचार थालेको छ । मृत भेटिएका गाई र गोरुको मुचुल्का उठाई शवपरीक्षण गरी जङ्गलमा गाड्न थालेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो । 


यसरी पठाइएको थियो गाई र गोरु

नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले बिहीबार दैलेखको श्रीस्थानमा छाड्नका लागि गाई र गोरु लगिएको जानकारी दिनुभयो । “गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरुलाई बाँड्दै जाने गरी पठाएका थियोँ”, पौडेलले भन्नुभयो । 

आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको उहाँले बताउनुभयो । “नेपालगञ्जको काञ्जीहाउस सानो भएकाले नअटेर जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा गाई र गोरु पठाएका हौँ”, पौडेलले भन्नुभयो । अझै सडकमा सयौँ छाडा गाईवस्तु रहेको र तिमध्ये धेरैजसो भारतीय क्षेत्रबाट आएको उहाँले बताउनुभयो । 

“बीच बाटोमै मरेपछि चालकले ट्रकबाट गाई झारेको जानकारी पाएका छौँ”, पौडेलले भन्नुभयो । उहाँले गाई र गोरु भिरबाट खसालेको भन्ने आरोप सत्य नभएको बताउनुभयो । घाइते गाई र गोरु बाटोमा छाडेपछि यताउति गएर मरेको हुनसक्ने प्रहरीको अनुमान छ । “भिरमा मरेको अवस्थामा कसरी गाई र गोरु पुगे, यसबारे अनुसन्धान भइरहेको छ”, रावलले भन्नुभयो । घटना सार्वजनिक भएपछि शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले आज विज्ञप्ति जारी गर्दै दोषीलाई कानूनी कारवाहीको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य