४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अबैज्ञानिक रुपमा चलिरहेका डोजर नियम गर्न खोज्दा नेताको दबावमा बझाङका सिडीओ सरुवा

१५ भाद्र २०७६, आईतवार ११:१३

 भदौ १५, बझाङ |  फागुन महिनामा बझाङ पुगेका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारेले नेताको दवावमा नपरी नागरीकको सेवामा तल्लीन भएर लागेका कारण र ईमान्दार भएर काम गरेको भन्दै फुलमाला सहित विदाई गरेका छन् |

उनलाई  जिल्लावासीले फुलमाला र बाजागाजा सहित बजार परिक्रम गरेर  भब्य विदाई गरेका छन् | उनी जिल्ला प्रशासन कार्यालय बझाङबाट मोरङ जिल्लामा सरुवा भएका भएका छन् | प्रमुख जिल्ला अधिकारीलाई बाजागाजा सहित फुलमालाले विदाई गरेको यो पहिलो पटक हो ।

विगतका जिल्ला प्रमुखहरु भन्दा उनले धेरै राम्रा काम गरेको स्थानीयको भनाइ छ | जथाभावि निर्माण गरिने सडकमा उनले निगरानी राख्न खोज्दा जिल्ला स्थित स्थानीय सरकारका जनप्रतिनिधिसंगै प्रदेश र संघीय सरकारका सासंदले पनि उनको सरुवाका लागि दवाव दिएका थिए। जिल्लाको साईपाल गाँउपालिकामा पुग्ने पनि उनी पहिलो प्रमुख जिल्ला अधिकारी हुन्। 

उनले साईपाल गाँउपालिकामा पुगेर नागरीकता वितरण गरेको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए। फागुन महिनामा बझाङ पुगेका प्रमख जिल्ला अधिकारी सुरेश सुनार नेपाल भरिका कान्छा सिडीओ पनि हुन्।

प्रमुख जिल्ला अधिकारी सुनारको सरुवाको कारण डोजर बनेको छ। सुनारले डोजर नियमनको लागि अग्रसरता लिएपछि यहाका जनप्रतिनिधी रुष्ट भएका हुन। सिडिओ प्रति रुष्ट भएका जनप्रतिनिधीहरु उनको सरुवाको माग गर्दै दिनहुँ जसो गृह मन्त्रालय धाउन थालेपछि उनको सरुवा भएको हो । 

२०७५ फागुन १७ गते बझाङको प्रमुख जिल्ला अधिकारीे भएर आएका सुनारले २०७६ जेठबाट डोजर नियमनको प्रयास गरेका थिए । निर्माण गर्नु पुर्व सम्भाव्यता अध्ययन, डिजाइन स्टेमेट नगरिएका, वातावरणिय प्रभाव अध्ययन नगरीकन हचुवाको भरमा काम थालिएका सडकमा लगाईका सबै डोजरहरु तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले बझाङका सबै स्थानिय तहलाई पत्राचार गरिएको थियो।

विना कुनै सर्वे डिजाईन जथाभावी डोजर संचालन गरी बनाईका सडकका कारण जिल्लाका थुप्रै गाउ“ जोखिममा परेको, जिउधनको जोखिम बढेको र महिनै पिच्छे सडक दुर्घटना हुनथाले पछि जिल्ला प्रशासन कार्यालयले डोजर नियन्त्रणको प्रयास थालेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। 

नेपाल सरकारले २०७५ फागुन १ गतेबाट लागु हुने गरि एक करोड भन्दा कम रकमका योजनामा डोजर प्रयोग नगर्न दिएको निर्देशन समेत अवज्ञा गरिएको थियो । 

यस्तै तत्कालीन प्रहरी नायब उपरिक्षक प्रविण धितालको समेत यहाँका केही जनप्रतिनिधीहरुले सरुवा गराएका थिए। आफु सुहाउदो काम नगर्दा धेरै जस्तो कार्यालय प्रमुखहरुको यहाँका जनप्रतिनीधीहरु मिलेर सरुवा गराउने गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ