2026-09-13 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अबैज्ञानिक रुपमा चलिरहेका डोजर नियम गर्न खोज्दा नेताको दबावमा बझाङका सिडीओ सरुवा

 भदौ १५, बझाङ |  फागुन महिनामा बझाङ पुगेका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारेले नेताको दवावमा नपरी नागरीकको सेवामा तल्लीन भएर लागेका कारण र ईमान्दार भएर काम गरेको भन्दै फुलमाला सहित विदाई गरेका छन् |

उनलाई  जिल्लावासीले फुलमाला र बाजागाजा सहित बजार परिक्रम गरेर  भब्य विदाई गरेका छन् | उनी जिल्ला प्रशासन कार्यालय बझाङबाट मोरङ जिल्लामा सरुवा भएका भएका छन् | प्रमुख जिल्ला अधिकारीलाई बाजागाजा सहित फुलमालाले विदाई गरेको यो पहिलो पटक हो ।

विगतका जिल्ला प्रमुखहरु भन्दा उनले धेरै राम्रा काम गरेको स्थानीयको भनाइ छ | जथाभावि निर्माण गरिने सडकमा उनले निगरानी राख्न खोज्दा जिल्ला स्थित स्थानीय सरकारका जनप्रतिनिधिसंगै प्रदेश र संघीय सरकारका सासंदले पनि उनको सरुवाका लागि दवाव दिएका थिए। जिल्लाको साईपाल गाँउपालिकामा पुग्ने पनि उनी पहिलो प्रमुख जिल्ला अधिकारी हुन्। 

उनले साईपाल गाँउपालिकामा पुगेर नागरीकता वितरण गरेको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए। फागुन महिनामा बझाङ पुगेका प्रमख जिल्ला अधिकारी सुरेश सुनार नेपाल भरिका कान्छा सिडीओ पनि हुन्।

प्रमुख जिल्ला अधिकारी सुनारको सरुवाको कारण डोजर बनेको छ। सुनारले डोजर नियमनको लागि अग्रसरता लिएपछि यहाका जनप्रतिनिधी रुष्ट भएका हुन। सिडिओ प्रति रुष्ट भएका जनप्रतिनिधीहरु उनको सरुवाको माग गर्दै दिनहुँ जसो गृह मन्त्रालय धाउन थालेपछि उनको सरुवा भएको हो । 

२०७५ फागुन १७ गते बझाङको प्रमुख जिल्ला अधिकारीे भएर आएका सुनारले २०७६ जेठबाट डोजर नियमनको प्रयास गरेका थिए । निर्माण गर्नु पुर्व सम्भाव्यता अध्ययन, डिजाइन स्टेमेट नगरिएका, वातावरणिय प्रभाव अध्ययन नगरीकन हचुवाको भरमा काम थालिएका सडकमा लगाईका सबै डोजरहरु तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले बझाङका सबै स्थानिय तहलाई पत्राचार गरिएको थियो।

विना कुनै सर्वे डिजाईन जथाभावी डोजर संचालन गरी बनाईका सडकका कारण जिल्लाका थुप्रै गाउ“ जोखिममा परेको, जिउधनको जोखिम बढेको र महिनै पिच्छे सडक दुर्घटना हुनथाले पछि जिल्ला प्रशासन कार्यालयले डोजर नियन्त्रणको प्रयास थालेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। 

नेपाल सरकारले २०७५ फागुन १ गतेबाट लागु हुने गरि एक करोड भन्दा कम रकमका योजनामा डोजर प्रयोग नगर्न दिएको निर्देशन समेत अवज्ञा गरिएको थियो । 

यस्तै तत्कालीन प्रहरी नायब उपरिक्षक प्रविण धितालको समेत यहाँका केही जनप्रतिनिधीहरुले सरुवा गराएका थिए। आफु सुहाउदो काम नगर्दा धेरै जस्तो कार्यालय प्रमुखहरुको यहाँका जनप्रतिनीधीहरु मिलेर सरुवा गराउने गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले