२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा

१५ भाद्र २०७६, आईतवार १२:४१

भदौ १५, मोरङ | ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ प्रमुख नाराका साथ ट्राफिक प्रहरीले आज यहाँ सचेतना कार्यक्रम गरेको छ । खासगरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा प्रदेश नं १ मा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु हुने जिल्ला मोरङ देखिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्रदेशभरिमा सवारी दुर्घटनाबाट ३६४ को मृत्यु भएको छ भने आर्थिक वर्ष २०७४/७५ मा ४२४ र सोभन्दा अघिल्लो वर्षमा ४५८ को मृत्यु भएको प्रदेश नं १ का ट्राफिक प्रहरी प्रमुख भीम दाहालले जानकारी दिनुभयो । दुर्घटनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी मोरङमा २९.७१ प्रतिशत छ ।

चालू आर्थिक वर्षमा साउनमा मात्र ४३.७५ प्रतिशत र भदौ महीनामा अहिलेसम्म २२.२२ प्रतिशत मृत्युको तथ्याङ्क मोरङकै रहेको प्रमुख दाहालले जानकारी दिनुभयो । निर्माणाधीन सडक र ढल, मालबाहक सवारी साधनको चाप, अपर्याप्त बिसौनी, सडक अतिक्रमण, फुटपाथमा व्यापार, ट्राफिक बत्ती र सडक सङ्केतको अभाव, अव्यवस्थित तीनपाङ्ग्रे सवारीसाधनको चाप र सडकसँग जोडिर लाग्ने साप्ताहिक हाटबजार दुर्घटनाका प्रमुख कारण भएका बताइएको छ ।

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य