२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

१६ भाद्र २०७६, सोमबार ०८:३९

भदौ १६, बाजुरा | जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५/७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप लगाउनुभयो ।

आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई विभिन्न किसिमका तालीम, गोष्ठी आयोजना गरेर उनीहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनका क्रियाकलाप गर्नाको सट्टा उल्टै  बञ्चित गर्न खोजेको उहाँले बताउनुभयो ।अध्यक्ष विकले भन्नुभयो, ‘‘बूढीगङ्गा नगरपालिका–२ कन्र्सन बाजुरामा रहेका दलित बालबालिकालाई शैक्षिक सामग्री खरीद गर्ने भनेर  रु १० हजार रकम छुट्याइएकामा  त्यो रकम नेटवर्कलाई कुनै जानकारी नदिएर वडासचिव डिल्ली जैशीले चामल किनेर दिएको भन्ने कुरा जानकारीमा आएको छ, त्यो कुरा हामी सहन सक्दैनौ ।”

वडा नं १० का  वडास्तरीय बाल सञ्जालका अध्यक्ष राकेश विकले बालबालिकाका लागि आएको रकम बालबालिकालाई नै जानकारी नगराई वडाले आफैँले खर्च गरेको बताउनुभयो । नगर परिषद्मा वडाबाट लक्षित कार्यक्रमका लागि भनेर सधँै रु तीन÷चार लाखको प्रास्ताव गर्दै गएको र नगरबाट पनि प्रास्ताव बमोजिमको रकम बिनियोजन  हुँदै आएकामा वडाले भने आफैँले त्यो रकमअनुसारको कागजात मिलाएर खर्च गर्ने गरेको उहाँको भनाइ थियो ।

वडाध्यक्ष धर्मराज जैशीले भन्नुभयो, “लक्षित कार्यक्रमअन्तर्गतको रु तीन लाख लक्षित वर्गको रोहवरमा नै खर्च गर्नुपर्छ भनेर वडासचिव डिल्ली जैशीलाई जिम्मा दिइएकामा उहाँले सोही कार्यक्रममा  रकम खर्च भइसकेको भन्ने सुन्नमा आएको छ । यसबारेमा तुरुन्तै वडापालिकाको बैठक राखेर छानबिन गरिने  बताउनुभयो ।जिल्लाका बूढीनन्दा, त्रिवेणी, बडिमालिका, बूढीगङ्गा नगरपालिका र हिमाली, पाण्डवगुफा, स्वामीकार्तिक, गौमुल र छेडेदह गाउँपालिकाका ६८ वडापालिकाले भने लक्षित वर्गका लागि आउने कार्यक्रमअन्तर्गतको रकम सोही वर्गलाई जिम्मा लगाएर विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य