2026-09-13 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

कीर्ते कागजात गरी तीन लाख दुरुपयोग गरेको आरोप

भदौ १६, बाजुरा | जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५/७६ को दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको रु तीन लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात तयार पारेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप लगाउनुभयो ।

आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई विभिन्न किसिमका तालीम, गोष्ठी आयोजना गरेर उनीहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनका क्रियाकलाप गर्नाको सट्टा उल्टै  बञ्चित गर्न खोजेको उहाँले बताउनुभयो ।अध्यक्ष विकले भन्नुभयो, ‘‘बूढीगङ्गा नगरपालिका–२ कन्र्सन बाजुरामा रहेका दलित बालबालिकालाई शैक्षिक सामग्री खरीद गर्ने भनेर  रु १० हजार रकम छुट्याइएकामा  त्यो रकम नेटवर्कलाई कुनै जानकारी नदिएर वडासचिव डिल्ली जैशीले चामल किनेर दिएको भन्ने कुरा जानकारीमा आएको छ, त्यो कुरा हामी सहन सक्दैनौ ।”

वडा नं १० का  वडास्तरीय बाल सञ्जालका अध्यक्ष राकेश विकले बालबालिकाका लागि आएको रकम बालबालिकालाई नै जानकारी नगराई वडाले आफैँले खर्च गरेको बताउनुभयो । नगर परिषद्मा वडाबाट लक्षित कार्यक्रमका लागि भनेर सधँै रु तीन÷चार लाखको प्रास्ताव गर्दै गएको र नगरबाट पनि प्रास्ताव बमोजिमको रकम बिनियोजन  हुँदै आएकामा वडाले भने आफैँले त्यो रकमअनुसारको कागजात मिलाएर खर्च गर्ने गरेको उहाँको भनाइ थियो ।

वडाध्यक्ष धर्मराज जैशीले भन्नुभयो, “लक्षित कार्यक्रमअन्तर्गतको रु तीन लाख लक्षित वर्गको रोहवरमा नै खर्च गर्नुपर्छ भनेर वडासचिव डिल्ली जैशीलाई जिम्मा दिइएकामा उहाँले सोही कार्यक्रममा  रकम खर्च भइसकेको भन्ने सुन्नमा आएको छ । यसबारेमा तुरुन्तै वडापालिकाको बैठक राखेर छानबिन गरिने  बताउनुभयो ।जिल्लाका बूढीनन्दा, त्रिवेणी, बडिमालिका, बूढीगङ्गा नगरपालिका र हिमाली, पाण्डवगुफा, स्वामीकार्तिक, गौमुल र छेडेदह गाउँपालिकाका ६८ वडापालिकाले भने लक्षित वर्गका लागि आउने कार्यक्रमअन्तर्गतको रकम सोही वर्गलाई जिम्मा लगाएर विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले