२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बाढी पहिरोको डरले रातभरी जागराम बस्छन मुगुका बालै बासी

२०७६, १६ भाद्र सोमबार ०९:०४

दान बहादुर बुढा | भदौ १६, मुगु | मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ बालैमा साउन ३२ गते अबिरल आएको बाढी पहिरोलो ठूलो क्षेति भएपछि पुर्न बाढी आउछकी भन्ने डरले हिजो आज रात भरी जागराम बसेका छन् |  

बाढी पहिरोले बालै गाँउमा रहेको ५२ घर र एक सरस्वती आधारभुत बिद्यालय बालै समेत उच्च जोखीममा रहेको छन | बर्खाको समयमा पाक्न लागेको अन्न बाली कोदो,धान,कागुर्ने चिनो लगाएका ३ सय भन्दा बढी खेत ,१० वटा काठे पुल, ७ वटा पानि घट् ,३ वटा घर बगाएको छ ।


यस्तो बाढी पहिरो आठ-दश सय बर्ष पहिला आएको हुन सक्छ । यही गएको साउन ३२ गते आएको बाढीले निकै ठूलो क्षेति पुर्याएको छ | राहातको नाममा अहिले सम्म कुनै पनि निकायबाट सहयोग नभएको स्थानीयको भनाई छ | जिल्ला सदरमुकाम गमगढीबाट सिडीयो, स्थानिय सरकारका जनप्रतिनिधी,संघ सस्था आएर पनि हेरेर गएका छन । राहातको कुनै महसुर नभएको स्थानीयको गुनासो छ | हिजो देखि रातभरी जागराम भएर बस्नु परेको छ | सरोकारवाला निकायले राहात संगै बालै गाँउसारीलाई अर्को ठाउँमा बस्ती बिस्तार वा जोखीम न्यूनीकरण गर्नकालागी सहयोगको अपेक्षा राखेको बाढी पडित सल बहादुर रावलले बताएका छन ।


बढी पहीरोले ठूलो क्षेतति गरेको छ मुखमा खाने बेला पाक्न लागेको धान,कोदो,तरकारी, सबै बगाएर लगी सकेको छ । बाढी आउदा बच्चनको लागी सामान ओसार पसार गर्ने समयमा लालपुजा समेत हराइसकेको छ  ।  कुनै पनि निकायबाट एक पोका तेल समेत राहात दिन सकेका छैनन् । आउछन फोटो खिचेर लिन्छ स्थानिय सरकारका जनता नभए जस्ता भएका छौं । खाने खुर्सानी समेत नभएको हिजो आज खाली फेरी बाढी आउन्छकी भन्ने ठूलो चिन्ताले गर्दा खाएका खान पनि नपच्ने राति निन्दा नलाग्ने, स्थानिय बाढी पहिरो पिडीत कुशुम कली भामले बताएकी छन । 


सोच्दै नसोचेको कुरा भयो, एक्कासी आएको अबिरल बर्षातको बाढी  पहिरोले ठूलो क्षेति भएको छ । पुरै बडा नम्बर ६ का बासीहरु दु:खी भएका छौ । बाढी पहिरोले पानि घट्ट,पुल, पाक्न लागेको अन्न बाली खेत पुरै क्षेति भएको छ ।

पिडीतको राहतको लागी छायानाथ रारा नगरपालिका कणाली प्रदेश सरकार, केन्द्रिय सरकारसंग पहल भइरहेको छ | छिटो भन्दा छिटो राहात उपलब्ध गराउर्ने पक्षमा लागी रहेको बडा नम्बर ६ का वडा सदस्य लाल बहादुर मल्लले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने