९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्याङ्जामा जीप दुर्घटना हुँदा तीनको मृत्यु, २० घाइते

१८ भाद्र २०७६, बुधबार ११:४१

भदौ १८, स्याङ्जा | स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने दुई जनाको शनाखत हुन सकेको छैन भने एक जना दुई वर्षीया बालिका कञ्चन परियार छन्। पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो।

जीपमा २३ यात्रु सवार थिए। घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते एकको स्याङ्जास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।

‘चालकका भाई सुदिप दर्जीले जीप चलाएका कारण दुर्घटना भएको पाइयो’ उनले भने, ‘क्षमता भन्दा बढी मान्छे राख्दा जीप अनियन्त्रित भई ४ सय मिटर तल खसेको हो।’ स्याङ्जामा जीप दुर्घटना हुँदा ३ को मृत्यु, २३ जना घाइते

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो भारतीय विद्युत् मन्त्री काठमाडौँमा अस्थायी आवास निर्माण गर्न अनुदान वितरण कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल