२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बेरोजगारको लागि रोजगारी पसल सञ्चालन

२१ भाद्र २०७६, शनिबार १५:२४

भदौ २१, बाँके | बेरोजगारलाई रोजगार दिने उद्देश्यले नेपालगञ्जमा शनिबारदेखि रोजगारी पसल सञ्चालन भएको छ । बेरोजगार व्यक्तिको सीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने सङ्घसंस्थासम्म पु¥याई रोजगार प्रदान गर्ने उद्देश्यले पसल खुलेको संस्थाका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले पसलको  उद्घाटन गर्दै नेपालगञ्जमा अहिले होटल, कलकारखाना, उद्योग, अस्पताल, विद्यालयलगायत व्यापारिक प्रतिष्ठानलाई आवश्यक पर्ने सवल र दक्ष कामदारको माग सहज रुपमा पुर्याउनका लागि रोजगार पसलले मद्दत गर्न सक्ने बताउनुभयो । 

रोजगारी पसलका प्रबन्ध निर्देशक गिरीले पसलले रोजगारदाता सङ्घसंस्था र रोजगार गर्न चाहनेको लागि पुलको काम गर्ने जानकारी दिनुभयो । 'हामीले रोजगारदाता सङ्घसंस्थाले गरेको मागअनुसार दक्ष र सबल कामदार उत्पादन गरेर पठाउँछौं', उहाँले भन्नुभयो, 'विदेशमा गएर पसिना बगाउनुभन्दा सीप सिकेर सीपअनुसार जागिर नेपालमै गरी आयआर्जन गर्न सकिनेछ ।' 

सन् २०१२ मा स्थापना भई देशका काठमाडौँ, इटहरी र पोखरा जस्ता शहरबाट पसलले यस प्रकारको सेवाप्रदान गर्दै आएको व्यापार प्रबन्धक सञ्जिव निरौलाले बताउनुभयो । हालसम्म देशैभरीबाट एक लाख ५० हजार बढी रोजगार गर्न चाहने व्यक्तिले पसलमा आवेदन दर्ता गराएको उहाँको दाबी छ । 

उहाँका अनुसार, पसलमा हाल पाँच हजार बढी रोजगारदाता सङ्घसंस्थाले आबद्धता जनाएका छन् । करीब आठ हजार बढी जनशक्तिले विभिन्न रोजगार कम्पनीमा पसलमार्फत रोजगारी गरिरहेका छन् । रोजगारी पसल नेपालगञ्जका शाखा प्रमुख उपेन्द्र गुरुङले बेरोजगार व्यक्तिले नेपालगञ्जको शाखा कार्यालयमा आई आफ्नो आवेदन निःशुल्क रुपमा दर्ता गर्न सक्ने बताउनुभयो । 

उहाँका अनुसार, रोजगार गर्न चाहने व्यक्तिका लागि आवश्यकताअनुसारको तालीमको व्यवस्थासमेत पसलले गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य