२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

डेंगीको संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु

२०७६, २२ भाद्र आईतवार ०४:५६

भदौ २२, बुटवल | डेंगीको संक्रमणबाट बुटवलमा एक जनाको ज्यान गएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरकी ६१ वर्षीया सावित्रा आचार्यको डेंगीको संक्रमणबाट शनिबार ज्यान गएको हो ।

लगातार ज्वरो आएपछि बिहीबार बुटवलमा आई परीक्षण गर्दा उनमा डेंगीको संक्रमण पाइएको थियो। तीन दिनदेखि प्रादेशिक अस्पताल बुटवलको आइसियु कक्षमा राखी उपचार गरे पनि रगतमा रहेको प्लेटलेट्सको मात्रा नबढेपछि आचार्यको शनिबार साढे पाँच बजे निधन भएको हो।

परीक्षण गर्दा ७५ हजार रहेको प्लेटलेट्सको मात्रा शुक्रबार साँझदेखि घट्दै गई १५ हजारमा पुगेको सावित्राका छोरा रामप्रसाद आचार्यले बताए। रामप्रसाद नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते